default_image

क्रिकेट

June 10, 2019

दक्षिण अफ्रिका र वेस्ट इन्डिबीचको खेल रद्ध

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल वर्षाको कारण रद्ध हुन पुगेको छ । साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन जोड्न २ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । झण्डै पाँच घण्टासम्म खेल पुन सुरु हुन नसकेपछि रद्ध भएको घोषणा गरिएको […]

June 10, 2019

अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराजको सन्न्यास

एजेन्सी –भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्न्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्वक्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पुरा गर्ने जस्ता दुर्लभ कीर्तिमान रहेका छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका […]

June 10, 2019

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिका

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । भर्खर साउथह्याप्टनमा सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दक्षिण अफिकाले जवाफी ब्याटिङ केहि बेरमा गर्ने छ । आजको खेलमा वेस्ट इन्डिजको टोलीमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल वेस्ट इन्डिज टोलीमा छैनन् । दक्षिण अफ्रिकाले […]

June 10, 2019

पहिलो जितको खोजिमा दक्षिण अफ्रिका

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ । वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै […]

June 9, 2019

भारतले अष्ट्रेलियालाई हरायो

एजेन्सी – भारतले एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० […]

June 9, 2019

धवन र कोहली चम्कँदा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवनको शतक र कप्तान विराट कोहलीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल योगफल प्रस्तुत गरेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक […]

June 9, 2019

धवनको शतकमा भारत विशाल योगफलतर्फ

एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ । धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित […]

June 9, 2019

अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । […]

June 9, 2019

पीएम कप : सर्वाधिक रन जोड्ने ५ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको दबदबा हुँदा अन्य प्रतियोगितामा विभागिय खेलाडी हावी हुने गर्दछन् । शनिबार सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पनि सर्वाधिक रन बटुल्ने शीर्ष ५ खेलाडीमा १ मात्र प्रदेशका खेलाडी अट्न सके । आर्मीलाई ४ विकेटले हराउँदै पीएम कपको उपाधि पुलिसले जितेको थियो । […]

June 9, 2019

उपाधिका दाबेदार भारत र अष्ट्रेलिया भिड्दै, कसले जित्ला ?

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको […]

Success

Thank you for your time.