default_image

क्रिकेट

March 3, 2019

गेल र थोमस चम्कँदा सिरिज बराबर

एजेन्सी – आक्रामक ब्याट्सम्यान क्रिस गेल र तीव्र गतिका बलर ओसेन थोमस चम्केपछि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध जारि सिरिजको पाँचौ वान डे खेलमा ७ विकेटले पराजित गरेको छ । यससँगै सिरिज २-२ को बराबरीमा सकिएको छ । टस जितेर फिल्डीङ रोजेको वेस्ट इन्डिजका लागि ओसेन थोमसले ५ विकेट हात पारेपछि इंग्ल्यान्ड १ सय १३ रनमा अलआउट […]

March 1, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शन, लाहोर भने पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत बिहीबार कराची किंग्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपले कसिलो बलिङ गरेपनि कराची ५ विकेटले विजयी रहयो । पहिलो ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । एबी डी भिलियर्सले ३३, […]

February 28, 2019

फर्कियो महिला टोली, प्रशिक्षक र कप्तान आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली महिला क्रिकेट टोली बिहीबार १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई स्वागत कोही पनि पदाधिकारी विमानस्थलमा पुगेन । सात राष्ट्र सम्मिलित एसिया छनोटमा नेपाल थाईल्यान्डसँग पराजित […]

February 28, 2019

म्याक्सवेलको शतकसँगै भारतले घुँडा टेक्यो

एजेन्सी – ग्लेन म्याक्सवेलले अाक्रामक शतक बनाएपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गरेको छ । यससँगै पहुना टोलीले २ खेलको टि-२० सिरिज २-० ले अाफ्नो पक्षमा पार्यो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । कप्तान विराट कोहलीले ३८ बलमा नटअाउट ७२ रन […]

February 27, 2019

लाहोरको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा म्यान अफ द म्याच घोषित भएका छन् । सन्दीप सम्मिलित लाहोर कलन्दर्सले ८ विकेटको सहज जित दर्ता गर्दा सन्दीपले घातक बलिङ गरे । सन्दीपले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए […]

February 27, 2019

सन्दीपको अविश्वसनीय बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका उनले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले जितका लागि लाहोरलाई १ सय ७ रनको लक्ष्य दिएको छ । चौथो ओभरमा […]

February 27, 2019

कप्तान रुविनाको ह्याट्रिकसँगै नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन […]

February 27, 2019

सन्दीपको लाहोरले क्वेटाविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैटौं खेलमा क्वेटा ग्ल्याडीयटर्सको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ । सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको […]

February 25, 2019

दक्षिण अफ्रिका जाने डिपिएल राइजिङ स्टार टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी १९ बर्ष मुनिका खेलाडीहरु सम्मिलित डिपिएल इमर्जिङ स्टार घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ बर्ष मुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो । डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रोड्स र रायन मरोनको पहलमा […]

February 25, 2019

नेपालले चीनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]

Success

Thank you for your time.