October 29, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २३.१ ओभरमा ५ विकेट गुमाउँदै ७३ रन बनाएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए । जोन्स आरिफ शेखको बलमा […]
October 29, 2024
डालस, (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डका प्रमुख ब्याटर ब्रेन्डन म्याकमुलेनलाई आउट गरेका छन् । उनी १२ औं ओभरको पाँचौं बलमा १६ रनमा एलबीडब्लू आउट भएका हुन् । आउट हुनुअघिको बलमा उनले सन्दीपलाई चौका हानेका थिए । २५ वर्षीय ब्रेन्डन स्कटल्यान्डका प्रमुख ब्याटर हुन् । गत सेप्टेम्बरमा टी२० […]
October 29, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डका दुबै ओपनरलाई आउट गर्दै राम्रो सुरुवात गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा २ विकेट गुमाउँदै २६ रन बनाएको छ । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यसै साता सुरु हुने १९औं संस्करण द हङकङ क्रिकेट सिक्सेसमा सहभागी हुने नेपाली टोली मंगलवार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङ सिक्सेसमा सहभागी हुने नेपाली टोलीको मंगलवार बिदाइ गरेको हो । कात्तिक १६ बाट १८ गतेसम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया र इङ्ग्ल्याण्ड छन् । नेपालले […]
October 29, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध पहिलो ओभरमै विकेट लिएको छ । तीव्र गतिका बलर करण केसीले पाँचौं बलमा ओपनर चार्ली टिअरलाई बोल्ड गरेका हुन् । करणको बल रोक्न चाहेपनि मिस भएपछि बोल्ड भएका हुन् । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १ ओभरमा […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकामा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ । गत आइतवार अमेरिकासँगको खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा कुशल मल्लले मौका पाएका छन् । बायाँ हाते स्पिनर ललितको स्थानमा विष्फोटक ब्याटर तथा बायाँ हाते स्पिनर कुशलले मौका पाएका हुन् । अमेरिकाको टेक्सासमा […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्डविरुद्ध अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने भएको छ । रोयल्सले कात्तिक २८ गते धनगढीमा गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ मंगलवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]