April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]
April 23, 2024
एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]
April 23, 2024
एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – रविन्द्र शाही र विपिन रावलको शतकीय साझेदारीमा कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरमा हराएको छ। कर्णालीको यो लगातार तेस्रो जित हो। उसको जितमा विपिनले ६८ रनको पारी खेले। गण्डकीका अर्जुन कुमालले ७० रन जोडे पनि टिमलाई हार बाट जोगाउन सकेनन्। माथिल्लो मुलपानी मैदानमा […]
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) –ओमानमा एसीसी प्रिमियर कप खेलेर नेपाली क्रिकेट टोली आज साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने जानकारी दिएको छ। साविक विजेताका रुपमा ओमान पुगेको मेपाली टोली यसपटक चौथो भएर फर्कदै छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर […]
April 22, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा गुजरात टाईटन्स विजयी भएको छ । गुजरातले पञ्जाब किंग्स माथि ३ विकेटको जित दर्ता गरेको हो । पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे । […]