November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सन्तोष कार्कीको शतक र विवेक यादवको आक्रामक उत्कृष्ट ब्याटिङमा प्रदेश २ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशमाथि सानदार जित हात पारेको छ । प्रदेश २ ले बागमतीलाई ६ विकेटले हराउँदै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको […]
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टि२० विश्वकप खेल्ने सम्भावना एसिया क्षेत्र छनोटबाटै समाप्त भएको छ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको छ । युएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि२० ग्लोबल छनोटमा पुगेको […]
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईले नेपाललाई १ सय २८ रनको कठिन लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । युएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले ३६ बलमा ७ चौका […]
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र […]
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । आइसिसी एकेडेमी नम्बर २ ग्राउन्डमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । युएई […]
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल मध्याहन्न ११ : १५ मा आइसिसी एकेडेमी नम्बर २ मा हुनेछ । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । युएई ४ खेलमा ४ मानै […]
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले हरपुर क्रिकेट च्याम्पियन ट्रफीको उपाधि जितेको छ । आर्मीले फाइनलमा नेपाल एपिएफ क्लबलाई ३ विकेटले हराउँदै उपाधि जितेको छ । टस जितेर ब्याटिङ थालेको एपिएफ १७.२ ओभरमा ७० रनमा अल आउट भयो । पुरन विकले १६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २४ रन बनाए । […]
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २८ ओभरमा १ सय १३ रनमा अल आउट भयो । कर्णालीका प्रकाश जैशीले ३५ बलमा ३ […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर साहब आलमको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । आर्मीले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]