default_image

क्रिकेट

November 25, 2021

साहब र कुशल चल्दा आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको समूह २ को खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७.३ ओभरमा […]

November 25, 2021

ऐर र जडेजाको अर्धशतकमा भारत मजबुत

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकमा भारतले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा भारत ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले मजबुत सुरुवात गरेको छ । भारतका लागि टेस्टमा डेब्यू खेल […]

November 25, 2021

आदिलको विष्फोटक ब्याटिङसँगै प्रदेश २ को रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आदिल अन्सरीले उत्कृष्ट ब्याटिङ गरेपछि यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश २ का लागि आदिल अन्सारी […]

November 25, 2021

वेस्टइन्डिजमाथि श्रीलंकाको फराकिलो जित

एजेन्सी – कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुई टेस्ट खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ७९ ओभरमा १ सय ६० रनमा अल […]

November 25, 2021

कुवेतमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । इन्दु बर्मा ८ […]

November 25, 2021

कुवेत नेपालसँग २७ रनमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य विजयी लक्ष्य दिएको छ । आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् […]

November 25, 2021

अर्जुनको उत्कृष्ट शतकमा सुदूरपश्चिमको बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको उत्कृष्ट शतकमा सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ सय ९१ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ४१.४ ओभरमा २ सय ९० रनमा अल आउट भयो । सुदूरपश्चिमका अर्जुन साउदले ८५ बलमा १४ चौका […]

November 25, 2021

अर्जुनको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमका मध्यक्रमका ब्याटर अर्जुन साउदले काठमाडौंमा जारी यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ विरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । अर्जुनले ७६ बलमा १२ चौका र ४ छक्का सहित शतक बनाउँदै टोलीलाई विशाल योगफल तर्फ अघि बढाएका छन् । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले तृतराज […]

November 24, 2021

दीपेन्द्रको उत्कृष्ट बलिङमा लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर दीपेन्द्र रावतको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार लुम्बिनीले आयोजक हरपुर क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । टस जितेर पहिला ब्याटिङ थालेको हरपुर १६.३ ओभरमा ५१ रनमा अल आउट भयो । हरपुरका रोज मोहम्मद अन्सारीले सर्वाधिक […]

November 24, 2021

भुवनको घातक बलिङमा एपिएफले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर भुवन कार्कीको घातक बलिङको सहयोगमा नेपाल एपिएफ क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा एपिएफले राष्ट्रिय टोलीका बाहुल्यता भएको त्रिभुवन आर्मी क्लबलाई १५ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ । टस जितेर पहिला ब्याटिङ थालेको […]

Success

Thank you for your time.