default_image

Featured

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

लुम्बिनीले मधेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले दोस्रो जित निकालेको छ। लुम्बिनीले मधेश युनाइटेडलाई ३-१ ले हरायो। लुम्बिनीको भने यो दोस्रो जित हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २४-२२ को अग्रता मधेशले जोगाउन सकेन। यो सेट लुम्बिनीले २८-३६ ले जित्दै १-० को अग्रता […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

काठमाडौंले सेट गुमाएपछि ललितपुर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

November 13, 2025

भारतका प्रियाङ्कले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि कर्णाली याक्सले अनुबन्ध गरेको उनी चौथो विदेशी खेलाडी हुन् । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले […]

Success

Thank you for your time.