default_image

Featured

January 23, 2019

टोटेनहमलाई चोटको पिरलो, अली पनि थपिए

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरलाई चोटको पिरलो थपिएको छ । ह्यारी केन चोटमा रहेको अवस्थामा अर्का फरवार्ड डेल अली पनि दुई महिना मैदान बाहिर रहने भएका छन् । अलीको चोटसँगै टोटेनहमलाई यो सिजन खेलाडी इन्जुरीको समस्याले पिरोलेको छ । फरवार्ड ह्यारी केन पनि एंकल इन्जुरीको कारण मार्चमा मात्रै मैदान फर्कनेछन् । ग्रोइन इन्जुरीको कारण […]

January 22, 2019

दक्षिण कोरिया एसियन कपको क्वाटरफाइनलमा

एजेन्सी – दक्षिण कोरियाले बहराइनललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । एसियन कप अन्तर मंगलबार भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको थप गरिएको १५ मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा जिन सु किमले गोल गर्दै दक्षिण कोरियालाई २–१ […]

January 22, 2019

आईसीसी महिला क्रिकेट वरियतामा नेपालको सुधार

एजेन्सी – अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टी-२० क्रिकेट वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । नेपालले १३ खेलमा १ सय २३ रेटिङ सहित १६ औं स्थानमा छ। यसअघि नेपाल १ सय १७ रेटिङसहित १८ औं स्थानमा थियो । केहि दिन अघि थाईल्यान्डमा सम्पन्न महिला टी–२० स्मास प्रतियोगितामा सानदार प्रर्दशन […]

January 22, 2019

हिगुआइन ‘इन’ मोराटा ‘आउट’

एजेन्सी – लन्डन क्लब चेल्सीले फरवार्ड अल्भेरो मोराटालाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टस तथा एसी मिलानका फरवार्ड गोन्जलो हिगुआइनलाई अुनबन्ध गर्ने तयारी गरेको छ । चेल्सीले फरवार्ड मोराटालाई लोनमा एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टसबाट लोनमै एसी मिलान पुगेका हिगुआइनलाई अनुबन्ध गर्ने तयारी गरेको हो । सम्भवत मंगलबार नै मोराटा एट्लेटिको तथा हिगुआईन चेल्सीमा आउनेछन् । […]

Morata

January 22, 2019

मोराटा लोनमा चेल्सीबाट एट्लेटिको जाने

लन्डन (एजेन्सी)– अल्भारो मोराटा चेल्सीबाट लोनमा एट्लेटिको म्याड्रिड जाने भएका छन् । सम्झौता यो सिजनको अन्त्यसम्म रहनेछ । त्यसपछि ला लिगा टोलीसँग उनलाई किन्ने विकल्प पनि रहनेछ । मोराटाको परिवार आइतबार नै म्याड्रिड पुगिसकेको छन् भने उनी पनि सोमबार पुग्ने अनुमान गरिएको छ । २६ वषे फरवार्डले आइतबार गेटाफेविरुद्ध नयाँ क्लबका लागि डेब्यू गर्ने सम्भावना […]

January 22, 2019

आर्मी शीर्षस्थानमा, एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मंगलबार दोहोरो जित निकालेको छ । मंगलबार भएको खेलमा आर्मीले तीन भारतीय खेलाडीसम्मिलित सामाखुशी इंग्लिस बोर्डिङ स्कुल(सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित […]

January 22, 2019

महिला टोलीले साफ अगाडि भारतमा प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अर्को महिना भारतको भुवनेश्वरमा ४ राष्ट्रसम्मिलित प्रतियोगिता खेल्ने भएको छ । भारतको भुवनेश्वरमा ७ देखि १७ फेब्रुअरीसम्म हुने प्रतियोगितामा भारतसहित म्यानमार, श्रीलंका र नेपालले प्रतिस्पर्धा गर्नेछन् । मार्च १२ देखि विराटनगरमा हुने साफ च्याम्पियनसिपका लागि यस प्रतियोगितालाई तयारीको रुपमा लिइएको छ । नेपाल साफ च्याम्पियनसिपको समूह […]

January 22, 2019

सिरीज जित्ने लक्ष्य सहित क्रिकेट टोली यूएईतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दुवई प्रस्थान गरेको छ । नेपाली टोली अपराह्न ४:२० मा १६ खेलाडी तथा ५ अफिसियल सहितको टोली दुवईतर्फ लागेको हो । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय […]

January 22, 2019

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले सिमरा – रुस्लान थ्री स्टार क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटलाई मंगलबार २–० ले हराउँदै थ्री स्टार सिमरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गर्दै सुदूरपश्चिम खप्तड गोल्डकपको उपविजेता थ्री स्टार सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा थ्री स्टारले […]

January 22, 2019

‘एकै पटकमा कोही राम्रो खेलाडी बन्दैन’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार यूएई प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ खेलको ट्वान्टी-२० सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । यूएई जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युवा खेलाडीलाई दिएको मौका ग्रहण गर्नुपर्ने र एकै पटकमा कोहि राम्रो […]

Success

Thank you for your time.