default_image

Featured

rollball

December 13, 2015

रोलबल टोलीको भारत जाने

काठमाडौं तेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ । पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ […]

boxing

December 13, 2015

दान, किशोर, पुरन र भूपेन्द्र सेमिफाइनलमा

नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० […]

Mentro Bista

December 13, 2015

विष्ट मेन्टरको ब्रान्ड एम्बासडर

मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ । सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा […]

December 13, 2015

जगदम्बा मोटर्सको बिज्ञापनमा बिमल – [ भिडियो ]

भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड  बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो

December 12, 2015

साग बक्सिङ छनोट सुरु

भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज […]

December 12, 2015

सागका लागि टेबलटेनिस खेलाडी छनोट

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै […]

December 12, 2015

रोड रेसमा हरि र विश्वरुपा पहिलो

हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् । प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय […]

December 11, 2015

मैनाली राखेप सदस्यमा मनोनित

विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक […]

prime and xaviers

December 10, 2015

प्राईमकप- प्राईम र जेभियर उपाधिका लागि भिड्ने

आयोजक प्राईम कलेज र जेभिएर कलेज तेह्रौ प्राइमकप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार आयोजक कलेजको कोर्टमा भएको सेमिफाइनल खेलमा प्राईमले लिभरपुललाई ५९–५० तथा जेभिएरले सिसीआरसीलाई ४८–३३ को स्कोरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का बनाएको हो । प्रार्ईमले लिभरपुल बिरुद्ध पहिलो क्वाटरमा १५–१०, दोस्रो क्वाटरमा ९–६ तेस्रो क्वाटरमा १७–२० तथा चौथो क्वाटरमा […]

Tikaram Shrestha Olympian

December 10, 2015

सुटिङ खेलाडी छनोट पूरा

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । […]

Success

Thank you for your time.