default_image

Featured

September 16, 2017

यु-१८ फुटबल टोली आज भुटान जाँदै; अन्तिम तयारीको फोटो फिचरसहित

काठमाडौँ (हाम्रो खेलकुद)- साफ यू– १८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोली आज दिउँसो १:३० बजे भुटान तर्फ जाँदैछ।  नेपालले प्रतियोगितामा पहिलो खेल सेप्टेम्बर २० मा आयोजक राष्ट्र भुटान सँग खेल्ने छ।   प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो […]

September 16, 2017

मेस्सी फिफामा सबैभन्दा धेरै ड्रीब्लिंग क्षमता भएका खेलाडी

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]

September 16, 2017

नेपाल सामु मलेसियाको १२२ रनको लक्ष्य

काठमाडौँ (हाम्रोखेलकुद)- एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस जितेर बलिङ्ग गर्ने निर्णय गर्दै मलेसियालाई १२१ रनमा रोकेको छ। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१मा खुम्चिएको हो।  ब्याटिंग गर्ने निम्तो पाएर मैदानमा उत्रिएको मलेसियाका सुरुआती ब्याट्सम्यानहरु सम्हालियर खेल्ने प्रयास गर्ने पनि ठुलो […]

nepal u19

September 16, 2017

मलेसिया विरुद्द नेपाल टस जितेर बलिङ गर्दै (लाइभ भिडियो सहित)

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ ।मलेसिया स्थित किन्रारा ओभल मैदानमा नेपालले घरेलु टोलीको सामना गर्दैछ । समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । […]

September 15, 2017

वर्षको उत्कृष्ट युवा खेलाडी मनितासँग १२-२७ कुरा

काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । मनिताको सफलता यति मात्र सिमित छैन […]

September 15, 2017

प्रतियोगिताको लागि तयार छौंः कप्तान अर्पण

 काठमाडौँ (हाम्रोखेलकुद)- नेपाली यू–१८ टिमका कप्तान अर्पण कार्कीले भुटानमा हुने साफ च्याम्पियनसिपको लागि टिम तयार रहेको बताएका छन् । ‘हाम्रो मुख्य लक्ष्य भनेको उपाधि रक्षा गर्ने हो । त्यसका लागि हामी तयार छौं ।’ कप्तान कार्कीले भने, ‘टिममा प्रतिभाशाली खेलाडीहरु रहेका छन् । यसअघि यू–१६ सँगै खेलेका खेलाडी पनि रहेका छन् । त्यसैले हामी उपाधि […]

September 15, 2017

तयारी सन्तोषजनक छैनः प्रशिक्षक लोप्साङ

काठमाडौँ (हाम्रोखेलकुद)- युथ टिमको पहिलोपटक जिम्वेवारी सम्हालेका लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबमा पूर्व प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टिमको तयारी सन्तोषजनक नरहेको बताएका छन् । युवा टोलीको शुक्रबार बिदाईं पछि प्रशिक्षक लोप्साङले टिमको तयारीप्रति यस्तो प्रतिक्रिया दिएका हुन् । ‘युथ टिमको जिम्मेवारी मेरो लागि अवसर र चुनौती दुवै हो । तर, टिमको तयारी सोचेअनुरुपको छैन ।’ प्रशिक्षक […]

September 15, 2017

यू–१८ फुटबल टोलीको बिदाई : टोली शनिबार भुटान जाने

काठमाडौं (हाम्रो खेलकुद)- साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोलीललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । यू–१८ टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिदाईं गरे । टोली शनिबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दैछ । बिदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा तथा […]

September 15, 2017

नेपालले मेलेसियासँग सेमिफाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोलीको सामना गर्ने भएको छ । सेमिफाइनल शनिबार हुनेछ । समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । अर्को सेमिफाइनलमा नेपालको समूहमा रहेको […]

September 15, 2017

आर्सनल युरोपा लिगमा विजयी

लण्डन (एजेन्सी) – युरोपा लिगमा ‘डेब्यु’ गरिरहेको इङ्ग्लिस टोली आर्सनलले पहिलो खेलमा जर्मनीको एफसी कोलोनलाई ३-१ ले हराएको छ । आर्सनलको जितमा सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले गोल गरेका थिए । २५ वर्ष पछि कुनै युरोपेली प्रतियोगिता खेलिरहेको कोलोनलाई आर्सनलले २९ सयका लागि ठाँउ सुरक्षित राखेपनि लगभग २० हजार कोलोनका समर्थक खेल हेर्न […]

Success

Thank you for your time.