default_image

Featured

September 17, 2017

एन्फाको वेभसाइटमा पाकिस्तानी समूहको नियन्त्रण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक वेभसाइट ह्याक भएको छ । पाकडेभिल नामक समूहले एन्फाको वेभसाइट नियन्त्रण राखेको पाएको थियो । पाकडेभिल पाकिस्तानी समूह रहेको बुझिएको छ ।   हाल एन्फाको वेभसाइट निर्माण कार्य जारी रहेको सन्देश राखिएको छ ।

September 17, 2017

नेपालीको सिनियर क्रिकेट टोली तयारीका लागि भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– युवा टोलीले मलेसियामा एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट उपाधि जितेकै दिन आज नेपाली सिनियर क्रिकेट टोली आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारत प्रस्थान गरेको छ । युवा टोलीले आज हङकङलाई ५ विकेटले हराएर उपाधि मात्र जितेर एसिसी यू १९ एसिया कपको लागि पनि छनोट भएको छ । सिनियर […]

September 17, 2017

पाँचथरमा खेलकुदको बजेट ‘फ्रिज’ भएपछि एकअर्कालाई दोष

दिपक बोहोरा पाँचथर– खेल मैदानको बजेट ‘फ्रिज’ भएपछि त्यसको दोष जिल्ला खेलकुद विकास समिति पाँचथर र फिदिम उच्च माविबीचले एकअर्कालाई दिन थालेका छन् । फिदिम उमाविको स्वामित्वमा रहेको खेल मैदानको मर्मतको लागि छुटिएको बजेट १० लाख रुपैयाँ काम हुन नसकेर फ्रिज भएको छ । अहिले फ्रिज हुनुको दोष दुई पक्षले एकअर्कालाई लगाउने गरेका छन् । […]

Team Nepal Eastern Champions

September 17, 2017

नेपाली यू १९ पूर्वी क्षेत्र च्याम्पियन, एसिया कपका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यो उपलब्धीसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि छनोट भएको छ । जहाँ टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता रहनेछ । नेपालले ३९ रनमा […]

Nepal

September 17, 2017

नेपाल उपाधि निकट, ७७ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइदलमा ७७ रनको समान्य लक्ष्य पाएको छ । हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्ने कप्तान दीपेन्द्र सिंह ऐरीको निर्णयलाई सहि साबित गर्ने क्रममा नेपाली बलरले उच्च प्रदर्शन गरेका थिए । नेपालले हङकङलाई ३२ं.१ ओभरमा ७६ रनमा अलआउट गरेको छ । जारी […]

September 17, 2017

नेपाल हङकङविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको आजको हङकङसँगको फाइनलमा टस जितेर फिल्डिङ रोजेको छ । आयोजक मलेसियालाई हिजो १० विकेटले हराउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको थियो । अर्को सेमिफाइनलमा हङकङ ले सिंगापुरलाई ७ विकेटले हराएको थियो । आजको फाइनल जित्ने टोली मलेसियामा आयोजना हुने एसिसी यू १९ […]

September 17, 2017

किरणको टोलीलाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोलीले टिसी स्पोर्टस धिवेही प्रिमियर लिग (डिपिएल) को दोस्रो स्थानमा उक्लेको छ । गए राती बलियो माजियालाई १–० ले हराएसँगै टिसी स्पोर्टस एक स्थानमा माथि उक्लेको हो । ६ खेपछि किरणको टोलीको १३ अंक पुगेको छ । इब्राहिम वाहिल हसनले गरेको गोलमा टिसी स्पोर्टसले महत्वपूर्ण […]

September 16, 2017

गोपीचन्द्रलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले ११ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथनमा गोपीले त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठलाई ०.४ सेकेण्डले पछि पादै उपाधि जितेका हुन् । निर्धारित ४२.१९५ किलोमिटर गोपीले दुरी २ घण्टा २३.५६ सेकेण्डमा पूरा गरे । […]

September 16, 2017

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गरेको हो । ओपनरद्वय अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । […]

September 16, 2017

यु-१८ फुटबल टोली आज भुटान जाँदै; अन्तिम तयारीको फोटो फिचरसहित

काठमाडौँ (हाम्रो खेलकुद)- साफ यू– १८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोली आज दिउँसो १:३० बजे भुटान तर्फ जाँदैछ।  नेपालले प्रतियोगितामा पहिलो खेल सेप्टेम्बर २० मा आयोजक राष्ट्र भुटान सँग खेल्ने छ।   प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो […]

Success

Thank you for your time.