default_image

Featured

September 14, 2017

साफ यू १५ खेल्ने टोलीलाई एन्फाले नगद पुरस्कार दिने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समिति बैठकले युवा टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । एन्फा कम्प्लेक्सको […]

September 14, 2017

एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपाल ८ खेलमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]

September 14, 2017

रुस्लान थ्री स्टारलाई क्षतिपूर्ति दिने एन्फाको औपचारिक निर्णय

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै १० महिना पछि रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा औपचारिक निर्णय गरेको छ । गत वर्ष एन्फाको गल्तिका कारण पहिलो चरण पार गरेर पनि थ्री स्टारले एएफसी कप खेल्न नपाएपछि क्लबले ६ करोड क्षेतिपूर्ति, दोषीमाथि कारवाहीको माग गरेको थियो । क्षतिपूर्ति दिने विषयमा एन्फा […]

September 14, 2017

१६ क्लबबीच ‘ए’ डिभिजन लिग खेलाउने एन्फाको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक होम एन्ड अवेका आधारमा १६ क्लबलाई ‘ए’ डिभिजन लिग खेलाउने प्रस्ताव गर्ने भएको छ । राजधानीका १२ ए डिभिजन क्लब र २०७२ मा राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबलाई समेटेर यो पटक लिग गराउने एन्फाको तयारी छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको […]

Lineup

September 14, 2017

नेपाल फिफा वरियतामा ओरालो लाग्दै

काठमाडौं (हाम्रो खेलकुद) – नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो । एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको […]

September 14, 2017

पर्वत टाइटन्स माछापुच्छ्रे लिगको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छे्र क्रिकेट लिग (एमसिएल) टी ट्वान्टी प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा माछापुच्छ्रे लायन्सलाई ५ विकेटले हराउँदै पर्वत उपाधि नजिक हो । अब पर्वतले उपाधिका लागि डाउन टाउन पोखरा लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । डाउन टाउनले यसअघि पर्वत टाइटन्सलाई […]

September 14, 2017

नेपालको लगातार तेस्रो जित, सिंगापुर ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत लगातार तेस्रो खेल जितेको छ । नेपाली युवा टोलीले आज समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको छ । अन्तिम चारमा यसअघि नै पुगेको नेपाल यो जितपछि समूह विजेता बनेको छ । सिंगापुर पनि यसअघि नै अघिल्लो चरण पुगिसकेको छ […]

nepal u19

September 14, 2017

यू १९ क्रिकेटमा नेपालको अर्को उच्च प्रदर्शन, पवनले ६ विकेट लिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपालले सिंगापुरविरुद्ध ६८ रनको लक्ष्य पाएको छ । भुटान र थाइल्यान्डमाथि सानदार जित दर्ता गरेको नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको छ । पवन सर्राफले ८ ओभरमा ४ मेडनसहित […]

Np

September 14, 2017

नेपाल सिंगापुरविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले फिल्डिङ गर्दैछ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । मलेसियामा जारी प्रतियोगितामा आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ । नेपाल र सिंगापुर यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । दुवैको समान ४ अंक छ, नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा […]

September 14, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले  १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ । रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको […]

Success

Thank you for your time.