default_image

ए डिभिजन लिग

June 6, 2023

महर्जनलाई पहिलो ए डिभिजन लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सफलताले भन्छ बालगोपाल महर्जनले समकालिन उम्दा प्रशिक्षक हुन् । उनले राष्ट्रिय फुटबल टोलीदेखि उमेर समूह र व्यवसायिक प्रशिक्षण जीवनमा पनि थुप्रै सफलता प्राप्त गरिसकेका छन् । मंगलबारबाट उनको सफलतामा अर्को एउटा उपाधि थपिएको छ । प्रशिक्षकका रुपमा महर्जन पहिलो पटक ए डिभिजन लिगको च्याम्पियन बनेका छन् । उनको प्रशिक्षणमा लिगको अन्तिम […]

June 6, 2023

एपिएफलाई हराउँदै खुमलटारले पुछारको स्थान छाड्यो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको फुटबल क्लब खुमलटारले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा विदेशी फरवार्डद्वय मेसुके ओलोमोउ र स्टेफन बिनोङले गोल गर्दा टोली ३-१ को जित निकाल्न सफल रह्यो । पहिलो हाफमै मेसुकेले दुई गोल गर्दै खुमलटारको रेलिगेसनबाट बच्ने […]

June 6, 2023

चर्च ब्वाइज ‘ए’ डिभिजन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो । विस.स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा […]

June 6, 2023

चर्च ब्वाइजलाई च्याम्पियन बन्न बराबरी नै पर्याप्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार थ्री स्टार क्लबविरुद्ध हुने खेलमा बराबरी मात्र गरेपनि नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन बन्ने भएको छ । अंक तालिकामा २४ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको चर्च ब्वाइज साविक विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा ५ अंकले अघि छ । २ खेल बाँकी रहेको […]

June 4, 2023

मनाङ र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङका लागि निराजन धामीले गोल गर्दा फ्रेन्ड्सका अमित तामाङले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका गोलरक्षक […]

June 4, 2023

संकटाले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एफसी खुमलटारमाथि सहज जित हात पारेको छ । संकटाले खुमलटारमाथि ३–० को सहज जित हात पारेको हो । संकटाको सहज जितमा निशान खड्का, आयुष घलान र चन्दन दासले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलको […]

June 4, 2023

मछिन्द्रमाथि पुलिसको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – घानाका फरवार्ड मोसेस ग्यवाले सात मिनेटको अन्तरमा दुई गोल गरेपछि विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दौडमा रहेको साविक विजेता मछिन्द्र फुटबल क्लबमाथि पूनरागमन जित निकालेको छ । पुलिसले एक गोलले पछि परेको स्थिति उल्टाएर मछिन्द्रमाथि २–१ को पूनरागमन जित निकालेको हो । मछिन्द्रका ओलावाले ओलाडिपो अफिजको […]

June 3, 2023

चर्च ब्वाइजको उपाधि होड बलियो, जावलाखेल उपाधि होडबाट बाहिरियो

काठमाडौं हाम्रो खेलकुद) – उपाधि होडको जावलाखेल युथ क्लबलाई पराजित गर्दै ‘बी’ डिभिजनको च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्ने सम्भावना बलियो बनाएको छ । लिग अन्तरगत २४औं चरणको खेलमा जावलाखेललाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि होड बलियो बनाएको हो । चर्च ब्वाइजसँगको हारसँगै जावलाखेल उपाधि होडबाट बाहिरिएको छ । […]

June 3, 2023

सातदोबाटोले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । सातदोबाटोले आर्मीलाई २–१ ले पराजित गरेको हो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्क राज सिंह ठकुरीले गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए । च्यासलस्थित च्यासल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो […]

June 3, 2023

थ्री स्टार हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । इन्ज्युरी समयमा गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । थ्री स्टारले विभागीय नेपाल एविएफ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एपिएफका मणि कुमार लामाले गोल […]

Success

Thank you for your time.