default_image

ए डिभिजन लिग

June 9, 2023

तनावपूर्ण खेलमा च्याम्पियनसँग पराजित भएपछि खुमलटार रेलिगेसनमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग अन्तिम खेलमा हार बेहोरेसँगै फुटबल क्लब खुमलटार रेलिगेसनमा परेको छ । यससँगै दुई नवप्रवेशी क्लबमा चर्च ब्वाइज शीर्षस्थान र खुमलटार पुछारको स्थानमा रहेर ए डिभिजन लिगको पहिलो सिजन अन्त्य गरे । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले […]

June 9, 2023

एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट बच्यो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोगाउन जित निकाल्दै पर्ने खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स क्लब कुपन्डोल यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बचेकाे छ । रेलिगेसनबाट बच्न जित निकाल्नै पर्ने लिगकाेअन्तिम खेलमा एपिएफलाई ४–० ले पराजित गर्दै फ्रेन्ड्सको रेलिगेसन बचेको हो । फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास […]

June 9, 2023

रेलिगेसन समीकरण आज प्रष्ट हुने

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत अन्तिम चरणको खेलमा आज ४ खेल हुँदैछन् । २६ औं चरणमा आइपुग्दा लिगबाट रेलिगेसनमा पर्ने टोलीको भने अझै टुंगो लागेको छैन । आज दिउँसो ३ बजे हुने दुई खेलले अर्को सिजन तल्लो श्रेणीमा खेल्ने टोलीको टुंगो लगाउने सम्भावना छ । नतिजा अनुसार आज नै […]

June 9, 2023

लिगको खेल तालिका परिवर्तन नगर्दा खुमलटार असन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेल तालिका परिवर्तन नगरेकोमा फुटबल क्लब खुमलटारले असन्तुष्टि जाहेर गरेको छ । लिगको अन्तिम चरणको खेलमा रेलिगेसन क्षेत्रमा रहेका टोलीका खेलहरु एकसाथ खेलाउन खुमलटारले एन्फालाई आग्रह गरेको थियो । पत्राचार नै गरेर आग्रह गरेकोमा एन्फाले त्यसमा कुनै प्रतिक्रिया नजनाएपछि क्लबले विज्ञप्ति जारी गर्दै […]

June 9, 2023

‘ए’ डिभिजन लिगमा आज चार खेल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारदेखि अन्तिम (२६औंं) चरणका खेलहरु हुँदैछ । लिगको अन्तिम चरणको पहिलो दिन आज विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा दिउँसो ३ बजेपछि […]

June 7, 2023

फ्रेन्ड्ससँग बराबरी खेल्दै संकटा रेलिगेसनबाट बच्यो

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन डरबाट बचेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न २५ औं चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेल्दै संकटा जोगिएको हो । फ्रेन्ड्सले खेलमा सुरुवाती अग्रता लिएपनि संकटाले बराबरी गोल फर्काएको थियो । ५३ औं मिनेटमा तोरीच जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई अघि […]

June 7, 2023

एनआरटीले मनाङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । एनआरटीले मनाङमाथि १–० को महत्वपूर्ण जित निकालेको हो । एनआरटीको जितमा पहिलो हाफमा दिपेश आले मगरले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा गोल गर्न सफल भएका थिए । च्यासलस्थित च्यासल मैदानमा बुधबार भएको […]

June 7, 2023

शेर्पालाई हराएसँगै मच्छिन्द्र बन्यो लिगको उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ मा मच्छिन्द्र फुटबल क्लब उपविजेता बनेको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो । दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गर्यो । दुवै टोली १० खेलाडीमा सिमित भएको खेलमा मच्छिन्द्रका लागि ओलावाले आफिजले २ […]

June 7, 2023

ए डिभिजन लिगको अन्त्यमा एन्फाले मुख्य प्रायोजन पायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको २५ औं चरणको खेल चलिरहँदा एन्फाले लिगको लागि मुख्य प्रायोजन पाएको छ । लिगको अन्तिम चरण बाँकी रहेको अवस्थामा पुरानै प्रायोजक कतार एयरवेजले प्रायोजन गर्ने भएको हो । एन्फाको शनिबार बसेको आपतकालीन समितिको बैठकमा कतार एयरवेजले गरेको प्रस्तावलाई पारित गरिएको जनाइएको छ । प्रस्ताव अनुसार कम्पनिले […]

June 6, 2023

सातदोबाटोसँग जावलाखेलको हार

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जवलाखेल युथ क्लबलाई १–० ले हराएको थियो । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा सार्दोरबेक मतमुरातोभले गरेको गोल निर्णायक बनेको थियो । सार्दोरबेकले ७४ औं मिनेटमा गोल गरेका थिए । लिगमा […]

Success

Thank you for your time.