default_image

बी डिभिजन लिग

April 21, 2025

श्री कुमारी छैटौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]

April 20, 2025

ब्वाइज युनियन पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो। खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका […]

April 20, 2025

श्री भगवती क्लबको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानमा रहेको श्री भगवती क्लबले सहज जित हात पारेको छ। आज भएको खेलमा श्री भगवतीले नयाँबस्ती युथ क्लबलाई ३-० ले हरायो। एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा श्री भगवती क्लबले ३० मिनेटभित्र ३-० को अग्रता बनायो। तेस्रो मिनेटमा दिवस छन्त्यालले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। त्यसपछि […]

April 18, 2025

बाँसबारी पाँचौं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लब जित हात पार्न सफल भएको छ। च्यासल युथ क्लबलाई १-० ले हराउँदैबाँसबारी लिगको पाँचौं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको ३१ औं मिनेटमा बाँसबारीले च्यासल विरुद्ध अग्रता बनायो। सरोज दर्लामीले गोल गरे। यो गोलमा बाँसबारीले पहिलो हाफमा १-० को अग्रता बनायो। च्यासल दोस्रो […]

April 16, 2025

झापालाई बिबिसीले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चौथो […]

April 13, 2025

मध्यपुरले सरस्वतीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले दोस्रो जित हात पारेको छ। मध्यपुरले सरस्वती युथ क्लबलाई १-०ले हरायो। रित बहादुर गुरूङ एक मात्र निर्णायक गोल गर्न सफल भए। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन्। ८० औं मिनेट सम्म दुवै टिमले […]

April 13, 2025

श्री कुमारीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराएको छ। श्री कुमारीको यो लगातार दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज भएको खेलको १४ औं मिनेटमा सुजन रानाको गोलमा श्री कुमारीले अग्रता बनायो। पहिलो हाफ १-० को नतिजामा सकियो। नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन […]

April 9, 2025

झापा र बिबिसी विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विजयी भएका छन्। झापाले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २-१ गोल अन्तर हरायो। उसको यो लगातार दोस्रो जित हो। २० औं मिनेटमा प्रदीप बुढाथोकीले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता बनायो। ४२ औं मिनेटमा झापा अग्रता दुगुना गर्न […]

April 8, 2025

प्लानिङ ब्वाइजको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलेसहिद स्मारक बी डिभिजन लिगमा लगातार पाँचौं खेल जितेको छ‌। प्लानिङ ब्वाइजले आज सरस्वती युथ क्लबलाई ३-० को सहज नतिजामा हरायो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले पकड बनायो्। दोस्रो मिनेटमा नै सुजन डंगोलको गोलमा प्लानिङ ब्वाइजले अग्रता बनायो। पहिलो हाफमा १-० को नतिजामा सकियो। दोस्रो हाफमा सरस्वती […]

April 7, 2025

ब्वाइज युनियन र श्री कुमारीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]

Success

Thank you for your time.