default_image

युरो

June 12, 2021

वेल्स र स्वीट्जरल्यान्डको रोमाञ्चक बराबरी

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवात देखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षापङ्ति तोड्न सकेन । […]

June 12, 2021

सुखद सुरुवात गर्ने डेनमार्कको लक्ष्य

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को वेल्स र स्वीट्जरल्यान्डको खेल्सँगै आज राति समूह ‘बी’ को दुवै खेल हुनेछ । डेनमार्क र फिनल्यान्डबीचको खेल नेपाली समयअनुसार डेनमार्कको घरेलु मैदान तेलिया पार्केनमा राति ९:४५ बजे कोपेनहेगनमा हुनेछ । अन्डरडगको छवि बनाएको डेनमार्क […]

June 12, 2021

बेल्जियमलाई रसियाको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदा उपाधि दावेदार बेल्जियमले रसियासँग प्रतिस्पर्धा गर्देछ । खेल रसियाको घरेलु मैदान सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । उपाधिको दावेदार टोलीको रुपमा हेरिएको बेल्जियम रसियालाई हराउँदै उपाधि यात्रामा अघि बढ्न चहान्छ । विश्व वरियतामा शीर्षमा रहेको […]

June 12, 2021

वेल्स र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेको वेल्सले स्वीट्जरल्यान्डको सामना गर्दा समूह ‘बी’ को दुवै खेल आज राति हुनेछ । वेल्स र स्वीट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार अजरवैजानको बाकुमा साँझ ६:४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने […]

June 12, 2021

इटालीको विजयी सुरुवात

एजेन्सी – युरोपेली च्याम्पियनसिपको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । इटालीले ३-० को जित दर्ता गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । इटालीले खेलको पहिलो हाफदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको थियो । तर टर्कीले रक्षात्मक रुपमा बलियो प्रस्तुति गर्दै इटालीलाई अघि बढ्न दिएन । दोस्रो […]

June 11, 2021

युरो कपका उपाधि दावेदार

एजेन्सी – मिनि विश्वकप अर्थात युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । युरोपका ११ देशका ११ शहरमा आयोजना हुने युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । फाइनल ११ जुलाईमा वेम्वली स्टेडियम लन्डनमा हुनेछ । क्लब फुटबलको सिजन सकिएलगत्तै खेलाडीले गर्ने प्रदर्शनको आधारमा उपाधि दावेदार टोलीबारे अड्कल बाजी गर्न थालिएको छ । यसपटक २०१८ मा विश्वकप […]

June 11, 2021

युरो कपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता […]

June 10, 2021

कीर्तिमानी रोनाल्डो युरोकै सर्वकालिन महान बन्दै

एजेन्सी – क्रिस्टियानो रोनाल्डो कीर्तिमान नै कीर्तिमानको खानी हुन् । यसै साता सुरु हुने युरो कपमा रोनाल्डोले थुप्रै कीर्तिमान बनाउँदै युरोकपकै सर्वकालीन महान खेलाडी बन्न सक्नेछन् । यसको सुरुवात १५ जुनमा हंगेरीविरुद्धको खेलबाट सुरुवात हुनेछ । जहाँ पोर्चुगल रोनाल्डोको कप्तानीमा उत्रनेछ । सोही खेलबाट नै रोनाल्डोको नयाँ कीर्तिमानको अर्काे अध्याय पक्कै सुरु हुनेछ । सन् २०१६ मा आफ्नो […]

June 9, 2021

युरोमा हेर्नैपर्ने ३ युवा स्टार

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता युरोपेली च्याम्पियनसिप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष हुने तय यस प्रतियोगिता कोरोना भाइरस संक्रमणका कारण सन् २०२१ मा हुन लागेको हो । प्रतियोगिता एक वर्षले पछि सर्दा थुप्रै युवा खेलाडीलाई फाइदा पुगेको छ । अघिल्लो वर्ष टोलीमा पर्ने सम्भावना नै नरहेका केहि खेलाडीले यस सिजन क्लब स्तरमा […]

June 9, 2021

फ्रान्सको जितमा बेन्जेमा घाइते

एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड करीम बेन्जेमा फ्रान्सेली राष्ट्रिय टोलीले मंगलबार बुल्गेरियालाई मैत्रीपूर्ण खेलमा पराजित गर्दा घाइते हुन पुगेका छन् । खेलको पहिलो हाफमा नै चोट बोकेपछि उनको स्थान ओलिभिएर जिरुडले लिएका थिए । बेन्जेमा घुँडामा चोट बोकेपछि ४० मिनेटमा नै मैदान छोड्न बाध्य भएका थिए । गोल प्रहार गर्ने प्रयासमा इभान तुरीस्तोभसँग जुधेपछि […]

Success

Thank you for your time.