default_image

फिफा विश्वकप

June 5, 2018

फिफा विश्वकप : ९ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्वकप सुरु हुन अब ९ दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गरिसकेका छन् । विश्वकपका दावेदार मानिएका टोलीहरुले निकै बलियो टोली उतार्ने भएका छन् । सबै टोलीले जर्सी नम्बर ९ आफ्नो टोलीको मुख्य स्ट्राइकरलाई दिने प्रचलन नै छ । इंग्ल्यान्डले स्ट्राइकर ह्यारी […]

De bruyne

June 4, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – १० डि ब्रुयन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदकै लोकप्रिय तथा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को १० औं नम्बरमा रहेका छन् बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुयन । केभिन डि ब्रुयन २०१३/१४ को सिजनमा चेल्सीमा आबद्ध थिए । तर त्यहाँ अवसर नपाएपछि उनी जर्मनीको […]

June 4, 2018

जर्मनीको विश्वकप टोली घोषणा, साने परेनन्

म्युनिख (एजेन्सी) – साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् । लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा […]

June 4, 2018

‘सलाहको अनुपस्थितिले नकारात्मक असर पर्छ’ – इजिप्टका प्रशिक्षक हेक्टर कुपर

काइरो (एजेन्सी) – इजिप्ट फुटबल टोलीका मुख्य प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाहको अनुपस्थितिले टोलीको विश्वकप तयारीलाई असर गरिरहेको बताएका छन् । शुक्रबार कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलपछि कुपरले यस्तो अभिव्यक्ति दिएका हुन् । बेल्जियममा भएको खेलमा गोलरहित बराबरी खेलेसंगै कुपरले भने, ‘हामी सलाहको अनुपस्थितिलाई पुर्ने काम गरिरहेका छौँ। खेलाडीहरुले हाम्रो निर्देशनलाई राम्ररी पालना गरे तर सलाहको अनुपस्थितिले […]

June 4, 2018

बार्सिलानोका अध्यक्षको समर्थन मेस्सीको अर्जेन्टिनालाई

बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिा बोर्टमेउले विश्व कपमा आफ्नो स्पोनिस राष्ट्रिय टोलीलाई नभई अर्जेन्टिनालाई समर्थन गर्ने स्वीकारेका छन् । लियोनल मेस्सीकै कारण आफुले अर्जेन्टिनालाई समर्थन गर्ने अध्यक्ष बोर्टमेउले प्रष्ट पारेका हुन् । मेस्सीले आफ्नो खेल जीवनमा अहिले सम्म जित्न नसकेको भनेको विश्व कप उपाधि मात्रै हो । क्लब स्तरमा बार्सिलोनाबाट उनले सबै खाले […]

June 4, 2018

‘हामीले धेरै काम गर्नुछ’ – जर्मन प्रशिक्षक लो

म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् । विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ […]

June 4, 2018

स्पेन बराबरीमा रोकियो

म्याड्रिड (एजेन्सी) – फिफा विश्वकप २०१८ को तयारीमा रहेको स्पेन मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनले पहिलो हाफमा अग्रता लिएपनि स्विस टोलीले दोस्रो हाफमा गोल फर्काएको थियो । पहिलो हाफको २९ औं मिनेटमा डेविड सिल्भाको पासको सदुपयोग गर्दै अल्भारो ओड्रीओजोलाले स्पेनलाई अग्रता दिलाएका थिए । अल्भारोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार […]

June 4, 2018

फिफा विश्वकप : १० दिन बाँकी!

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को सुरुआत हुँदैछ । चार वर्षमा एक पटक आउने सर्वश्रेष्ठ फुटबल प्रतियोगिताको उपाधि जित्नु एक सफल फुटबल करियरको पर्याय मानिन्छ । विश्वकप उपाधि नजितेको खण्डमा कुनैपनि विश्वस्तरीय खेलाडीको करियर अपुरो हुन्छ । यसपटक अहिलेका चर्चित केहि खेलाडी आफ्नो करियरको विश्वकप धोको […]

June 3, 2018

पुनरागमन खेलमा नेयमारको गोल, ब्राजिल विजयी

लिभरपुल (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ । ब्राजिलका लागि चोटबाट फर्केका नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा ब्राजिल नियन्त्रणमा देखिए पनि गोलपोस्टमा प्रहार गर्न भने असफल भएको थियो । खेलको सुरुवात बेन्चमा गरेका नेयमार दोस्रो हाफमा मैदान उत्रेका थिए । फेब्रुअरीमा घाइते भएयता नेयमार मैदान बाहिर […]

June 3, 2018

क्रोएसियाविरुद्ध ब्राजिलको सुरुआती एघार पक्का

लन्डन (एजेन्सी) – ब्राजिलले विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा आइतबार क्रोएसियाको सामना गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले आफ्नो सुरुआती रोजाई घोषणा गरिसकेका छन् । प्रशिक्षक टिटेले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका स्टार फरवार्ड नेयमारले दोस्रो हाफमा खेल्ने बताएका छन् । उनले सुरुआती रोजाइमा भने फिलिप कोउटिन्हो र ग्याब्रिएल जेससलाई […]

Success

Thank you for your time.