February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई […]
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो। सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।आफ्नो पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। गोलकिपर टिकेन्द्र थापाले सडन डेथमा ३ पेनाल्टी रोकेपछि चर्च ब्वाइजले […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- गुरुङ चलचित्रकी नायिका माया गुरूङले सहारा क्लब पोखराले सन्चालन गरेको सहारा फुटबल एकेडेमीका बालकहरुलाई जर्सी सेट सहयोग गरेकी छन् । पोखरा रंगशालामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवलोकनका लागि हङकङबाट आइपुगेकी गुरुङले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जर्सी सेट हस्तान्तरण गरेकी हुन् । उनले आफ्ना छोरा हिमालको जन्मोत्सव अवसर […]
February 10, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार स्पेनिस ला लिगाको खेल जित्दै शीर्ष दुई टोलीसँगको अंक दूरीलाई घटाएको छ। दस खेलाडीमा खेल अन्त्य गरेको बार्सिलोनाले सेभियालाई ४-१ ले हरायो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले गोल गरे। सातौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता बनायो । त्यसको एक मिनेटमा पछि सेभियाका रुबेन भर्गासले बराबरी […]
February 10, 2025
एजेन्सी – लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १-० पराजित हुँदै लिभरपुल बाहिरिएको हो । प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन । टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी […]