default_image

फुटबल

January 11, 2018

समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]

January 11, 2018

महिला फुटबलमा एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिबार भएको सुपर लिग अन्तर्गतको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । प्रतियोगिताको लिग तथा सुपर लिगमा अपराजित रहँदै […]

default_image

January 11, 2018

आर्मी खप्तडको सेमिफाइनलमा,रुस्लान थ्रीस्टार स्तब्ध

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै […]

January 11, 2018

खप्तड गोल्ड कपमा आर्मी र रुस्लान थ्री स्टार भिड्दै

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष […]

January 11, 2018

एपीएफ विरुद्ध पुलिस [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको प्रत्यक्ष प्रसारण । भिडियो : एन्फा   

January 11, 2018

काराबाओ कपमा आर्सनल र चेल्सीको गोलरहित बराबरी

लण्डन (एजेन्सी) – गए राति इङ्ग्लिस काराबाओ कपमा आर्सनल र चेल्सीले सेमिफाइनल खेलको पहिलो लेगमा गोल रहित बराबरी खेलेका छन् । चेल्सी र आर्सनल दुवै टोलीले खेलमा केहि मौका पाए पनि तिनको सदुपयोग गर्न सकेका थिएनन् । रेफ्रि मार्टिन एट्किन्सनले दुवै टोलीको एक-एक पेनाल्टिको अपिललाई ‘भिडियो असिस्टेन्ट रेफ्रि’ द्वारा अस्वीकृत गरेका थिए । आर्सनलले आफ्ना […]

January 11, 2018

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा

एमियन्स (एजेन्सी) – गए राति फ्रेन्च लिग कपमा साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले एमियन्सलाई उसकै घरेलु मैदानमा २-० ले हराएको छ । यस जितसँगै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एमियन्सले रक्षात्मक खेल खेल्दै पहिलो रोजाईको पिएसजीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । एमियन्सका गोलकिपरले पहिलो हाफमा रातो कार्ड […]

January 11, 2018

रियल नुमान्सियासँग कोपा डेल रेमा रोकियो, एग्रिगेटमा छनोट

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियासँग २-२ को बराबरी खेलेको छ । यस बराबरीका बावजुद रियल एग्रिगेटमा ५-२ को स्कोरसँगै क्वाटरफाइनलमा छनोट हुन सफल भएको छ । घरेलु टोली रियलका लागि खेलको ११ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर नुमान्सियाका गुइलेर्मोले पहिलो हाफको […]

January 10, 2018

एन्फा ललितपुरमा पुरुषोत्तम निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत ललितपुर जिल्लाको अध्यक्ष पदमा पुरुषोत्तम थापामगर निर्वाचित भएका छन् । ललितपुरमा मंगलबार भएको साधारण सभामा झम्सिखेल युथ क्लबका थापामगरले पूर्वअध्यक्ष महेन्द्र क्षेत्रीलाई पराजित गरे । थापामगरले ६ मत र उनका प्रतिद्वन्दी क्षेत्रीले ४ मत प्राप्त गरे । अध्यक्षमा मात्र चुनाव भएको निर्वाचनमा अन्य पद भने सर्वसम्मत […]

January 10, 2018

उद्घाटन खेलमा ईस्ट पोल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – केब्स अन्तर कलेज ६-ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुधवार ईस्ट पोल कलेज विजयी भएको छ । उद्घाटन खेलमा ईस्ट पोल कलेजले रोयल्टी कलेज ‘ए’ लाई पेनाल्टीमा २-० ले पराजित गरेको हो । निर्धारित ४० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । त्यस्तै, आज भएको दोस्रो खेलमा […]

Success

Thank you for your time.