default_image

फुटबल

February 24, 2017

अग्रता जोगाउन सके मनाङ सेमिफाइनल पुग्ने

चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न आयोजक चितोगोङ अबहानीविरुद्ध जित्नै पर्ने बाध्यता साथ उत्रेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले पहिलो हाफको समाप्तीसम्म २–१ को अग्रता लिएको छ । अहिलेको अग्रता जोगाउन सकेपछि मनाङ समूहको अर्को अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । मनाङका लागि दुवै गोल ओलाडिपो ओलावाले आफिजले […]

February 24, 2017

मनाङ विरुद्ध चितगोङ : प्रत्यक्ष प्रसारण

खेल सुरु हुने समय: ३:४५ नेपाली समय मनाङ आज ४-३-३ को रणनीति मा उत्रने भएको छ। दोश्रो खेलमा सुरुवात गरेका बिक्रम लामाको स्थानमा ओलासेमी स्याम्सनको पुनरागमन भएको छ। मिडफिल्डमा सुजल श्रेष्ठ र बिशाल राइले रोहित चन्दलाइ साथ दिनेछन् भने अग्रपंक्तिमा कप्तान अनिल गुरुङसंगै विदेशी खेलाडीद्वय ओलावाले अफिज र ओलासेमी स्याम्सन रहनेछन। गोलरक्षणको जिम्मेवारी दिनेश थापा […]

February 24, 2017

मनाङविरुद्ध अवहानी लिमिटेड– जानकारी (लाईभ कसरी हेर्ने ?)

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार  अवहानी लिमिटेडसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय अनुसार दिउँसो ३:४५ लाईभ – हाम्रो खेलकुदको फेसबुक पेजमा आउने छ । खेल हुने स्थान […]

February 24, 2017

तिलोत्तमामा आर्मीले यनाइटेड सिक्किमको सामना गर्ने

दिपक न्यौपाने बुटबल (हाम्रो खेलुकद) – त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार भारतको युनाइटेड सिक्किमको सामना गर्नेछ । पुसमा टुगोर्ब हेटौडा गोल्डकप जितेयता आर्मीले कुनै उपाधि जितेको छैन । पछिल्लो पटक टोलीले रुस्लान आठौं सिमरा गोल्डकपको फाइनल खेलेको थियो । जहाँ आर्मी अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटासँग पराजित […]

ranieri

February 24, 2017

प्रिमियर लिग विजेता लेस्टरका प्रशिक्षक रानिरी बर्खास्त

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टर सिटीले लगातार खराब प्रदर्शनपछि प्रशिक्षक क्लाउडियो रानिरीलाई बर्खास्त गरेको छ । रानिरीको नेतृत्वमा गत सिजन अविश्वसनीय रुपमा इतिहास कायम गर्दै प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजनमा भने रेलिगेसनमा पर्ने खतरा पर्ने सम्भावना देखिएको छ । सन् २०१५ मा लेस्टरमा आबद्ध भएका ६५ बर्षिय रानिरीलाई हटाएपछि नयाँ […]

wayne-rooney

February 23, 2017

युनाइटेडका कप्तान रुनी चीनमा खेल्ने दाउमा

म्यान्चेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीको सुरुवा सम्भावनाको खोजी गर्दै उनका एजेन्ट पौल स्ट्रेफोर्ट चीन पुगेका छन् । चीनमा मंगलबार ट्रान्सफर विन्डो बन्द हुनु अघि रुनीलाई चीनियाँ क्लबसँग सम्झौता गर्ने उनको प्रयास रहनेछ । गोन्जाउ एभरग्रान्ड , बेइजिङ गुऔन , जियङ्सु सुनिङ र ट्यान्जिन क्वान्जिन गरी चार चिनियाँ क्लब रुनी लाई भित्राउन आतुर छन् […]

February 23, 2017

जेनिथ र विनायक मध्यपुर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ एकेडेमी र विनायक शिक्षा निकेतन दोस्रो अन्तरस्कुल मध्यपुर थिमी नगरपालिका कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छन् । थिमी मैदानमा बिहीबार जेनिथले नवरत्न स्कुल र विनायकले सुप्रिम एकेडेमी लाई समान २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए । रोधन गुरुङको निर्णायक गोलमा जेनिथ विजयी भएके थियो । […]

gurung

February 23, 2017

नेपाली मुलका विभेष क्रिस्टल प्यालेसमा आबद्ध

केन्ट (एजेन्सी)– नेपाली मुलका विभेष गुरुङ इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । मेडस्टोन युनाइटेड फुटबल क्लबबाट प्रशिक्षणरत यू १६ फुटबल विभेष क्लबमा आबद्ध भएको केन्ट अनलाइनले जनाएको छ । घरेलु क्लब मेडस्टोनमा करिब १८ महिना देखि संलग्न रहेका गुरुङले क्रिस्टल प्यालेससँगको ५ महिने सफल परीक्षणपछि आबद्ध हुने मौका पाएका हुन् । […]

February 23, 2017

सेमीफाइनल पुग्न मनाङसंग जितको विकल्प छैन

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको सेमिफाइनल पुग्न शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग धेरै विकल्प छैन। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मनाङले अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ।  अघिल्लो चरणमा पुग्न चितगोङ अवहनीलाई भने बराबरी […]

February 23, 2017

किरणको टोली सेमिफाइनलमा: मनाङसंग पर्ने सम्भावना जीवितै

चितगोङ (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोट्र्स क्लब समूह विजेता बन्दै बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप को सेमिफाइनलमा पुगेको छ। टिसी स्पोट्र्सले बिहीबार अन्तिम खेलमा पोचिओन सिटिजनसंग १–१ को बराबरी खेलेपछि समूह एको विजेता बन्दै अघि बढेको हो । समूहका तीन खेलमा टिसी स्पोट्र्सले २ जित […]

Success

Thank you for your time.