default_image

फुटबल

July 31, 2022

भारतलाई रोक्दै फाइनलमा पुग्ने युवा टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घरेलु टोली तथा साविकको विजेता […]

July 31, 2022

डेम्वेले र डिपाएको गोलमा बार्सिलोनाको जित

एजेन्सी – फ्रान्सेली विंगर औसमाने डेम्वेले र डच फरवार्ड मेम्फिस डिपाएको गोलमा क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ । प्रि–सिजनको लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले न्यूयोर्क रेड बुल्सलाई २–० ले पराजित गरेको हो । रेडबुल एरिना ह्यारीसन न्यू जर्सीमा आइतबार बिहान भएको खेलको ४०औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पहिलो हाफमा […]

July 31, 2022

बायर्न सुपर कप च्याम्पियन

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई ५–३ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे । लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर […]

July 31, 2022

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले एफए कम्युनिटी सिल्ड जितेको छ । शनिबार किंग पावर रंगशालामा लिभरपुलले ३-१ को जित दर्ता गर्दै सिजनको सुखद सुरुवात गरेको हो । लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए । […]

July 30, 2022

गोलरक्षक एन्जिला सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छिन् । याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिती काठमाडौंले फूटबलको माद्यमबाट समाज र देशलाई पु¥याएको योगदानलाई उच्च मुल्यांकन गर्दै तुम्बापोलाई सम्मानित गरेको हो । सम्मानित एन्जिलालाई १० हजार, सम्मान–पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा […]

July 30, 2022

एटलेटिकोले म्यानचेस्टर युनाइटेडलाई हरायो

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत नर्वेको ओस्लोमा स्पेनिस टोली एटलेटिको म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले खेलको अन्तिम समयमा गोल गर्दै एटलेटिकोलाई १-० को जित दिलाए । प्रि सिजनमा पहिलो पटक खेलिरहेका उनले ८६ औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको […]

July 30, 2022

‘भारतसँगको खेल समर्थकलाई विशेष’ – प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आइतबार तेस्रो खेलमा भारतको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेल समर्थकका लागि विशेष रहने गरेको बताएका छन् । प्रशिक्षक केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए । ‘नेपालबाट आउँदा […]

July 30, 2022

जेससको ह्याट्रिकमा आर्सनलको सानदार जित

एजेन्सी – ब्राजिली विंगर फरवार्ड गाब्रियल जेससको ह्याट्रिक मद्दतमा लन्डन क्लब आर्सनलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी सेभियामाथि ६–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा यसै समरमा क्लबमा आएका जेससले ह्याट्रिक पूरा गर्दा बुकायो साकाले दुई तथा इडुआर्ड एनकेइटाले एक गोल थपे । इमिरेट्स स्टेडियम […]

July 30, 2022

फुटबलका शाक्यलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यले हाम्रो खेलकुद सर्वकालीन सम्मान पाउने भएका छन् । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा शाक्यसहित सात सार्वकालिन खेलाडी सम्मानित हुँदैछन् । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एथलेटिक्सका जीतबहादुर केसी […]

July 30, 2022

नेपाल र भारत एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ । समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० […]

Success

Thank you for your time.