February 19, 2025
हिमाल खरेल,बिर्तामोड आयोजक भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा प्रताप राईको निर्णायक गोलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४-३ ले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]
February 18, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। नेपालले कीर्गिस्तान विरूद्ध १-० को कठिन जित निकाल्यो। विमला चौधरीले नेपालको लागि एक मात्र गोल गरिन्। दशरथ रंगशालामा भएको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि गोल गर्न संघर्ष गर्यो। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले कीर्गिस्तान विरूद्ध दबाब बनाएको छ। खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। रेखा पौडेलले टाइट एङगलबाट […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमवार म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हरायो। म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्। म्यानमारले आधा दर्जन भन्दा बढी मौका चुकाउँदस लेबनानकी […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) फ्रान्सबाट आज स्वदेश आइपुगेकी छिन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेेश शाह र टोली व्यावस्थापक विन्द्रा देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। साम्बा आज सुरु हुने फोर नेसन्सको इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपको लागि आएकी हुन्। साम्बा फ्रान्सको शीर्ष डिभिजन […]
February 17, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्ता गरेको हो । स्पर्सको जितमा मिडफिल्डर जेम्स म्याडीसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले खेलको १३ औं मिनेटमा गोलरक्षक आन्द्रे ओनानाले लुकास बर्ग्वलको प्रहार बचाउने क्रममा फर्काएको […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]