January 13, 2018
लेभरकुसेन (एजेन्सी)– जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखले बायर लेभरकुसेनको १२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लेभरकुसेनको घरेलु मैदानमा ३–१ को जित हासिल गर्दै शीर्ष स्थानको म्युनिखले १४ अंकको अग्रता बनाएको छ । गए राती पहिलो हाफमा जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफमा फ्रान्क रिबेरीले अग्रता दोब्बर गरेका थिए । तर […]
January 13, 2018
लन्डन (एजेन्सी)– टोटेनह्यामका स्ट्राइकर हेरि केनले छैटौं पटक प्लेयर अफ दी मन्थको अवार्ड जितेका छन् । उनले प्रिमियर लिगमा स्टेभेन जेरार्डसँगको कीर्तिमानी बराबरी गरेका छन् । डिसेम्बरमा मात्र ८ गोल गरेका केनले बर्नली र साउथह्याम्टनविरुद्ध लगातार ह्याट्रिक गरेका थिए । सन् २०१७ मा उनले प्रिमियर लिगमा ३९ गोल गरेका थिए । ‘एकदम खुसी छु । […]
January 12, 2018
बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले आफ्नो कोपा डेल रेको उच्च लयलाई निरन्तरता दिने क्रममा गए राति सेल्टा भिगो विरुद्ध २ गोल गरेपछि अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ५–० ले हराएको छ । सबै प्रतियोगितामा गरि पछिल्ला १४ खेलमा मेस्सीले २४ गोलका लागि भूमिका निभाएका छन् । जसमा उनले १४ गोल आफै गरेका […]
January 11, 2018
स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]
January 11, 2018
लण्डन (एजेन्सी) – गए राति इङ्ग्लिस काराबाओ कपमा आर्सनल र चेल्सीले सेमिफाइनल खेलको पहिलो लेगमा गोल रहित बराबरी खेलेका छन् । चेल्सी र आर्सनल दुवै टोलीले खेलमा केहि मौका पाए पनि तिनको सदुपयोग गर्न सकेका थिएनन् । रेफ्रि मार्टिन एट्किन्सनले दुवै टोलीको एक-एक पेनाल्टिको अपिललाई ‘भिडियो असिस्टेन्ट रेफ्रि’ द्वारा अस्वीकृत गरेका थिए । आर्सनलले आफ्ना […]
January 11, 2018
एमियन्स (एजेन्सी) – गए राति फ्रेन्च लिग कपमा साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले एमियन्सलाई उसकै घरेलु मैदानमा २-० ले हराएको छ । यस जितसँगै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एमियन्सले रक्षात्मक खेल खेल्दै पहिलो रोजाईको पिएसजीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । एमियन्सका गोलकिपरले पहिलो हाफमा रातो कार्ड […]
January 11, 2018
म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियासँग २-२ को बराबरी खेलेको छ । यस बराबरीका बावजुद रियल एग्रिगेटमा ५-२ को स्कोरसँगै क्वाटरफाइनलमा छनोट हुन सफल भएको छ । घरेलु टोली रियलका लागि खेलको ११ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर नुमान्सियाका गुइलेर्मोले पहिलो हाफको […]
January 10, 2018
म्याड्रिड (एजेन्सी) – रोनाल्डोले यस वर्ष आफ्नो पाँचौ बलोन डि’ओर उपाधि जित्दै सर्वाधिक बलोन डि’ओरको सूचीमा लियोनल मेस्सीको बराबरीमा आएका छन् । तर उनको सन् २०१३ को बलोन डि’ओरको लागि भने उनी आलोचित भएका छन् । फ्रान्सका विङर फ्रान्क रेबेरीले सन् २०१३ को बलोन डि’ओर रोनाल्डोले होइन आफूले जित्नु पर्ने दाबी गरेका छन् । सो साल […]
January 9, 2018
बार्सिलोना (एजेन्सी) – ब्रिटिस ट्रान्सफर रेकर्डका साथ लिभरपुलबाट बार्सिलोना पुगेगा फिलिपे कौटिन्हो बार्सिलोनामा तेस्रो सर्वाधिक तलब पाउने खेलाडी बनेका छन् । जान्नुहोस् कौटिन्होसहित बार्सिलोनाका सर्वाधिक कमाउने ५ खेलाडी । ५. सर्जियो बुस्केट्स : १८०,००० युवा अवस्थादेखि बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्सले सन् २००७ मा बार्सिलोनाको सिनियर टोलीमा स्थान पाएका थिए । २०१६ मे […]
January 9, 2018
लन्डन (एजेन्सी) – सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्दछ । तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबल खेलाडी हुन् । १९ वर्षीय बोलकिया ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तान हुन् । उनी ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन् । हसनलसँग कुल २० बिलियन अमेरिकी […]