default_image

अन्तर्राष्ट्रिय

April 27, 2025

इप्स्विच रेलिगेसनमा, न्युक्यासल तेस्रो स्थानमा

एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो। बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि […]

April 26, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलविरुद्धको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको‌ छ। ८ खेलमा १० अंकसहित पन्जाब पाँचौं र ६ अंकका साथ कोलकाता सातौं स्थानमा छ।

April 25, 2025

हैदराबादसँग चेन्नईको‌ हार

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको‌ नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र […]

April 25, 2025

सनराइजर्स हैदरबादलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ। सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो। चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। […]

April 25, 2025

आइपिएलमा पुछारका दुई टोली भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल)  एक महिना नाघेको छ। सहभागी टोलीले दोस्रो रिटर्न लेग खेल्न थालेका छन्। त्यसैले कुनै पनि टोलीलाई अहिल्यै आइपिएलबाट बाहिर भन्नु धेरै चाँडो हुन्छ। यहाँसम्म कि पुछारमा रहेका दुई टोली चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले पनि यदि अब बाँकी रहेका सबै ६ खेल जिते भने प्लेअफ पुग्न सक्छन्। यस्तो […]

April 24, 2025

आरसिबी तेस्रो स्थानमा उक्लियो

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। […]

April 24, 2025

मणिमुकुन्द कप भलिबल – सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी, बुटवल बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । भारत गुजरातको साग भलिवल एकेडेमी समूह ‘ए’ बाट विजेता, त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै अघि बढेको हो। समूह ‘बी’ बाट गल्कोट भलिबल क्लब […]

April 24, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले राजस्थान रोयल्सलाई जितको लागि २ सय ६ रनको चुनौति दिएको छ। राजस्थानले‌ टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी […]

April 24, 2025

१५ औं साफ च्याम्पियनसिप २०२५ नहुने

काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]

April 24, 2025

रियलको जितमा उपाधि दौड थप रोचक

एजेन्सी – आर्दा गुलेरले एक मात्र गोल गर्दै रियल मड्रिडलाई गेटाफेमाथि जित दिलाएपछि ला लिगाको शीर्षस्थानमा बार्सिलोनासँगको दूरी ४ अंक पुन: ४ अंकमा झरेको छ। गत साता च्याम्पियन्स लिगबाट आर्सनलसँग पराजित हुँदै बाहिरिएको रियल माथि यो सिजन केही उपलब्धि हासिल गर्ने दबाब छ । कार्लो एन्चेलोटी र उनका खेलाडीका लागि यो खेल जित्नैपर्ने थियो ‌। […]

Success

Thank you for your time.