August 10, 2020
एजेन्सी – बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि यो सिजन निकै सुखद बितिरहेको छ । शनिबार च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध २ गोल र २ असिस्टसाथ बायर्नलाई ४-१ को जित दिलाएसँगै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्यो । पोल्यान्डका ३१ वर्षीय फरवार्डले चेल्सीविरुद्ध पहिलो लेगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । चेल्सीविरुद्ध दुवै लेगमा बायर्नले ७ गोल गर्दा […]
August 9, 2020
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर तथा उप-कप्तान बेन स्टोक्सले पाकिस्तानविरुद्ध तीन टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । पहिलो टेष्ट खेलमा शनिवार इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । स्टोक्सले पारिवारीक कारण टेष्ट सिरिज गुमाउने भएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । स्टोक्स यसै साता आफ्नो जन्मथलो न्युजिल्यान्ड जाने छन् । न्युजिल्यान्डका […]
August 9, 2020
एजेन्सी – वेस्टइन्डिजको चर्चित क्यारेबियन प्रिमियर लिग (सिपिएल) सुरुहुन दुई साता भन्दा कम समय बाँकी छ । सिपिएलको आठौं संस्करण अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदैछ । सहभागि स्वदेश तथा विदेशका खेलाडी खेलस्थलमा पुगेर १४ दिनको क्वारेन्टाइनमा छन् । सिपिएल कोरोना महामारीपछिको पछि हुने पहिलो टि२० लिग हो । सिपिएल लगत्तै […]
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलको लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण सोमबार र मंगलबार हुने भएको छ । एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परिक्षण […]
August 9, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलका लागि चोटसँग संघर्षरत युवा स्टार केलियन एमबाप्पेलाई टोलीमा समेटेको छ । एमबाप्पेले २५ जुलाईमा सेन्ट इटिनेविरुद्धको फ्रेन्च कप फाइनल दौरान चोट बोकेका थिए । उनी पुुर्णरुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको हो […]
August 9, 2020
एजेन्सी – उपाधिका दुई दाबेदार टोली क्याटलान क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमै भिड्ने भएका छन् । शनिबार राति आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् । यि दुई टोलीबीचको खेल पोर्चुगलको लिस्वनमा १४ अगस्टको राति हुनेछ । क्वाटरफाइनलका खेलहरु १२ अगस्टदेखि सुरु हुनेछ । […]
August 9, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीमाथि फराकिलो जित निकाल्दै जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो । बायर्नले पहिलो लेगमा ३–० को सहज जित निकालेको थियो […]
August 9, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोना अगाडी बढेको हो । समग्रमा बार्सिलोनाले ४-२ को जित आत्मसात गर्यो । बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दोस्रो मिनेटमा नै नेपोलीले अग्रता लिने सुवर्ण अवसर गुमायो […]
August 9, 2020
एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्दै तीन टेष्ट सिरिजमा १–० को अग्रता कायम गरेको छ । शनिबार राती चौथो दिन एक समय हार नजिक पुगेको इंग्ल्यान्ड तल्लोक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि तीन विकेटले विजयी भएको छ । २ सय ७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८२.१ ओभरमा ७ विकेटको क्षतिमा […]
August 8, 2020
एजेन्सी – प्रशिक्षणको अनुभव बटुल्न नपाउँदै युभेन्ट्सले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई नयाँ मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्ट्सले माउरिजियो सार्रीलाई बर्खास्त गरेको थियो । त्यसको केहि घन्टामा युभेन्ट्सले पिर्लोलाई नयाँ प्रशिक्षकका रुपमा प्रस्तुत गरेको छ । गत महिना मात्र पिर्लो युभेन्ट्सको यू २३ को प्रशिक्षक नियुक्त भएका […]