default_image

मार्सल आर्टस्

June 15, 2019

तेक्वान्दो च्याम्पियनसिपमा भुपन र कल्पनालाई पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली दुई तेक्वान्दो खेलाडीले दोस्रो इन्डिया ओपन इन्टरनेसनल जी १ पदक जितेका छन् । भुपेन श्रेष्ठले स्वर्ण र कल्पना चौधरीले रजत पदक जितिकी हुन् । भारतको हैदरावादमा भएको च्याम्पियन्सिपमा भुपेनले ८७ केजी र कल्पनाले ४९ केजीमा पदक जितेको प्रशिक्षक दीपक विष्टले जानकारी दिए । पदक विजेता दुवै खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् […]

June 12, 2019

कराते टोली चेक प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै […]

sangina-baidya

June 9, 2019

संगीना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे […]

June 8, 2019

जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

काठमाडौं (हाम्रो खेलकुद) – जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सुरु भएको छ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङको आफ्नै हलमा जारी प्रतियोगिताको प्रदेश ३ का सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गरे । उद्घाटन समारोहको अबसरमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क अहिल नेपाल फुटबल संघकाक महासचिव इन्द्रमान तुलाधर र काठमाडौं […]

June 7, 2019

मनमैजु टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो । नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ […]

June 6, 2019

तेक्वान्दो एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, […]

June 5, 2019

कराँते एकेडेमी उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको सातदोबाटोमा कराँते एकेडमीको औपचारिक उद्घाटन भएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन । अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ बर्षको अवधिमा तयार भएको हो । तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन् । यस्तै २ कक्षा […]

June 2, 2019

तेक्वान्दोमा पुनः कोईराला

काठमाडौं (हाम्रो खेलकुद) – शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय […]

May 28, 2019

चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा मंगलबारदेखि चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न १४ इभेन्टको सेमिफाइनल समिकरण पुरा भएको छ । यति इभेन्ट्स बसुन्धारामा भएको खेलमा पुरुष ६० केजी तौल समूहमा सुजन कुमार पुरी र सागर चौलागाईले सेमिफाइनलको यात्रा तय गरे । ५५ […]

May 27, 2019

वादोरियो करातेको विशेष प्रशिक्षण सम्पन्न, प्रतियोगिता मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै […]

Success

Thank you for your time.