default_image

तेक्वान्दो

July 20, 2025

अस्ट्रेलियामा तामाङले खोले गुर्खाज तेक्वान्दो

सिड्नी (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले अस्ट्रेलियाको न्युक्यासलमा तेक्वान्दो एकेडेमी स्थापना गरेका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ५ पटकका राष्ट्रिय च्याम्पियन रोहितले करिव एक महिनाअघि न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन् । हाल एकेडेमीमा १३ जनाले प्रशिक्षण लिइरहेका छन् । यसअघि जीवन श्रेष्ठले सन् २०२० मा सिड्नीमा यो एकेडेमीको स्थापना […]

July 20, 2025

कोरियामा रमिलाले पुम्सेमा स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रे बेथानचोक गाउँपालिकाकी रमिला तामाङले कोरियमा जारी सङनामकोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जितेकी छिन् । कोरियामा जारी देइगु वर्ल्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा शनिवार पुम्सेको ३० वर्ष मुनीको उमेर समूहमा कोरियन खेलाडीलाई पराजित गर्दै रमिलाले पहिलो स्थान प्राप्त गरिन्। नेपाल पुलिस क्लबकी ‌रमिलाले जितले आत्मविश्वास […]

June 6, 2025

नवलपरासीमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना तथा सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय‌मा प्रतियोगिताजेठ २९ देखि ३१ गते सम्म हुने बताइएको छ। रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ गोर्खालिज क्लबको सहयोग हुने प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफी प्राप्त […]

May 29, 2025

चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो सुरु

धनगढी (हाम्रो खेलकुद)- चैतन्य पाठशाला चैतन्य तेक्वान्दो डोजाङको आयोजना ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढी बिहीवार सुरु भएको छ । आयोजक चैतन्य पाठशालाको फुटसल मैदान शिवनगरमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको प्रमुख आतिथ्यतामा भयो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता छ। चैतन्य […]

May 18, 2025

नेगीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

एजेन्सी – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको […]

May 18, 2025

पलेशालाई उत्कृष्ट पारा खेलाडीको अवार्ड

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा पलेशालाई पारा वर्ष खेलाडी अवार्ड प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। […]

May 4, 2025

अस्ट्रेलियामा अदिशले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

April 23, 2025

तेक्वान्दो टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा भाग लिने भएका छन्। सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीवार जापानको ओसाका प्रस्थान गर्ने बताइएको छ । बैशाख १२ देखि १४ गते (अप्रिल २५ देखि २७) सम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० […]

April 13, 2025

तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]

Success

Thank you for your time.