default_image

उसु

October 16, 2019

विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)-मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औं विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् । ११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त […]

July 24, 2019

राष्ट्रपति रनिङ शिल्ड सकिएको १५ दिनपछि पुरस्कार

अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]

June 7, 2019

मनमैजु टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो । नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ […]

April 23, 2019

आठौंमा उसु – आर्मीलाई १४ स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकद) – त्रिभुवन आर्मी क्लब आठौं अन्तर्गत उसुमा टिम च्याम्पियन बनेको छ । आर्मीले १४ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको छ । एपिएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्यो । नेपाल पुलिसले २ स्वर्ण, १ रजत र ५ कांस्य पदक जितेको छ । १४ औं राष्ट्रिय उसुमा […]

April 22, 2019

आठौंमा जिम्न्याष्टिक – एपिएफका राजुलाई ५ स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते […]

December 7, 2018

गणेशमान स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]

August 20, 2018

एसियाडमा निमाको राष्ट्रिय कीर्तिमान, पौडीकी गौरिका हिटबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्र्तगत नेपालकी निमा घर्तीमगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्टिय किर्तिमान कायम गरेकी छिन् । सोमबार भएको स्पर्धामा निमाले ९.१७ अंकका साथ किर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जार्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो । नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि निमा १२ खेलाडीमध्ये ११ औं स्थानमा […]

July 30, 2018

उसु टोली मकाउ जाने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

July 27, 2018

विशेष प्रशिक्षणाका लागि उसु टोली चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे । नेपाली टिमले चीनमा २० दिनसम्म […]

July 21, 2018

७ खेलाडीलाई ह्याम्स हस्पिटलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– ह्याम्स हस्पिटलले विभिन्न खेलका सात खेलाडीलाई शनिबार सम्मानित गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई उचो राख्ने काम गरेका विभिन्न खेलका सात खेलाडीलाई हस्पिटलले उपहारसहित सम्मानित गरेको हो । मण्डिखाटारस्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान […]

Success

Thank you for your time.