default_image

ओलम्पिक

June 8, 2025

सन्तोषीले इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने भएकी छिन्। एथलेट्स फोरम आगामी बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ । सन्तोषीले शनिवार काठमाडौं २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन्। महिला म्याराथनकी‌ राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ स्वदेश भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण […]

June 3, 2025

कीर्तिमानी धावक मानन्धरको सम्मानमा १ सय विशेष साइकल तयार

काठमाडौं (हाम्रो खेलकुद)- प्याङ्क बाइकले आफ्नो शताब्दी उत्सव मनाउने क्रममा नेपालका महान म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सद्धभाव दूत बनाएर मंगलवार विशेष सम्मानको घोषणा गरेको छ। प्याङ्क बाइकले १ सय वर्ष अगाडि नेपालमा पहिलो पटक साइकलको व्यापार सुरु गरेको थियो। प्याङ्क बाइकका प्रोपराइटर तिरेक मानन्धरले विशेष घोषणा गर्ने क्रममा भने, ‘हाम्रो शताब्दी उत्सवमा प्याङ्क बाइकले कीर्तिमानी […]

May 21, 2025

सैनिक महाविद्यालयमा ‘स्कुल टु ओलम्पिक’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघले भक्तपुर सल्लाघारीको सैनिक आवासीय महाविद्यालयमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । यो वर्षको‌ त्यो दोस्रो कार्यक्रम हो । गत साता काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद […]

May 18, 2025

नेगीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

एजेन्सी – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको […]

May 18, 2025

संगिनालाई ‘बागमतीको शान’ अवार्ड

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बागमतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा तेक्वान्दो क्विन संगिनालाई बागमतीको शान अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपाली खेलकुदको लागि नसोचिएको […]

May 18, 2025

पलेशालाई उत्कृष्ट पारा खेलाडीको अवार्ड

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा पलेशालाई पारा वर्ष खेलाडी अवार्ड प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। […]

May 17, 2025

पुलिस स्कुल साँगामा ‘स्कुल टु ओलम्पिक’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघको‌ स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो। संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक […]

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

April 24, 2025

७ संघ पूर्नगठनमा एनओसीको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले विभिन्न ७ खेलकुद संघ पूर्नगठनमा गरेकोप्रति नेपाल ओलम्पिक कमिटी एनओसी) ले आपत्ति जनाएको छ।‌ गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राखेपको १ सय २२ औं बोर्ड बैठकले ब्याडमिण्टन , टेनिस, साइक्लिङ्ग, भारोत्तोलन, एथलेटिक्स, ह्याण्डबल र जिम्न्याष्टिक संघलाई विघटन गरेर […]

April 17, 2025

निवार्चनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) मान्यता दिएको एनओसीले दाबी गरेको छ। आइओसीका एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी तथा ओलम्पिक ३६५ डाइरेक्टर जेम्स म्याकलियोडले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर बिहीवार पठाएको पत्र‌को आधारमा एनओसीले यस्तो दाबी गरेको हो। म्याकलियोडको पत्रमा गत चैत २७ […]

Success

Thank you for your time.