December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को शनिवारको लागि भएको निर्वाचन गर्न रोक लगाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै कमल चित्रकारले रिट दायर गरेका थिए ।चित्रकारले दायर गरेको रिटउपर न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । एनओसीको निर्वाचन पुस १३ गते […]
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए। मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन […]
December 23, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालय प्रवेशमा प्रहरीदले रोक लगाएको छ। शनिवार हुने एनओसीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने समय तय भएको थियो। १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने भनिएपनि बिहान ७ बजेदेखि नै प्रहरीले एनओसी भवनमा प्रवेश निषेध गरेको छ। एनओसीमा रहेका प्रहरी […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
October 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]
September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधवार नगदसहित सम्मानित गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली टोलीको पटक पटकको प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्। ४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। […]