March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने बताए । प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई सुरक्षित साथ आरोहण गर्न र […]
January 14, 2018
बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शखा झापाले अर्को साता आयोजना गर्ने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र तीनवटा क्लबको नाम सार्वजनिक आज सार्वजनिक गरिएको छ । माघ ७ गते आयोजना गरिने अवार्डका लागि मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी तीन विधामा तीन जना र अर्को विधामा […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन (एआइपिएस–एसिया)को कोषाध्यक्षमा निर्वाचित हुन सफल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले सम्मान गरेको छ । असोज २० गते पाकिस्तानको इस्लामावादमा सम्पन्न निर्वाचनबाट मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । बिबिसी नेपाली सेवाको खेलकुद संवाददाता राजवंशी यसअघि पनि एआइपिएस–एसियाको […]
October 11, 2017
इस्लामावाद (हाम्रो खेलकुद) – पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले एआइपिएस एसियाका नवनिर्वाचित कोषाध्यक्ष निरञ्जन राजवंशीलाई बधाई दिदै यो सफलता एसिया मुलुकमा नेपालको नाम उचो पारेको बताएकी छिन् । गत साता इस्लामावादमा सम्पन्न एआइपिएस एसियाको विशेष साधारण सभाबाट राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका थिए । इस्लामावादस्थित दुतावासमा राजदुत अधिकारीले आज राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका […]
October 6, 2017
इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बु पल्सर स्पोर्टस अवार्ड वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गल्फमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजना भइरहेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा थापालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । कुनै न कुनै रुपमा नेपाली खेलकुदमा निरन्तर सक्रिय त्यस्ता व्यक्तित्वलाई मञ्चले […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको उपाधि हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजुले जितेकी छिन । एसएमएस र फेसबुक लाइक गरेर उनले कुल ६६८६४ भोट प्राप्त गरिन भने दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट प्राप्त गरे । त्यस्तै ८७७४ भोट सहित क्रिकेटका […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ । कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज आयोजना भइरहेको पल्सर […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ । ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी […]