default_image

अन्य

May 20, 2022

सुर्य नेपाल प्रिमियर गल्फ सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फर एसोसियनको आयोजनामा हुने सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप सोमबार सुरु हुने जानकारी गराएको छ । शुक्रबारसम्म हुने च्याम्पियनसिपमा ४० प्रोफेसनलसहित १२ एमेच्योर गल्फर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई […]

May 19, 2022

कार्की सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – राजकुमार कार्की अन्तर्राष्ट्रिय खेलकुद महासंघको सदस्यमा निर्वाचित भएका छन् । फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको बताइएको छ । कार्की नेपाल विद्यालय खेलकुद महासंघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव हुन् । कार्की चार कार्यकालका लागि सदस्यमा निर्वाचित भएका हुन् ।

May 19, 2022

महिला बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ । ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् । राउन्ड रोविनमा शीर्ष दुई […]

May 19, 2022

रोयलको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो । त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र […]

May 18, 2022

उमा कुङफु अध्यक्ष महर्जन मेयरमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जन मेयरमा निर्वाचित भएका छन् । स्थानिय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिकामा मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् । महर्जनले निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहरालाई ४ हजार १ सय ८ मतले पराजित गरे […]

May 18, 2022

ललितपुर र काठमाडौंलाई राष्ट्रिय पारा गोलबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर र काठमाडौं पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा गोलबल प्रतियोगितामा बुधबार पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् । राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित ग¥यो । काठमाडौं तेश्रो भयो । बागडोलस्थित काठमाडौं […]

May 17, 2022

एनआरएस कर्पोरेट फुटसल शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस प्रतिष्ठानको आयोजनामा शनिबार कर्पोरेट फुटसल हुने भएको छ । कोभिड महामारीका कारण दुई वर्ष पछि प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको एनआरएसका संस्थापक निलेन्द्रराज श्रेष्ठ जानकारी दिए । एक दिने प्रतियोगितामा २३ टोलीको सहभागिता रहने बनाइएको छ । प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, […]

May 17, 2022

नवौं राष्ट्रिय खेलकुदको प्रक्रिया नै अघि बढेन

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद पूर्व निर्धारित समयमा नहुने देखिएपनि सरकारले त्यसबारे अर्को कुनै निर्णय गरिसकेको छैन । चैत ३० गतेको मन्त्रीपरिषद् बैठकले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक भएपनि त्यसपछिका प्रक्रिया अघि […]

May 17, 2022

उषा र कामनाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबका स्पाइकरद्वय उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्दै आएकी उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लागेकी हुन् । माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मे १९ देखि ३१ […]

May 17, 2022

कप्तान अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले […]

Success

Thank you for your time.