May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको आइतबार निधन भएको छ । उनको ९५ वर्षको उमेरमा निधन भएको नेपाल टेनिस संघले जनाएको छ । लामा करिब दुई साता अघिदेखि स्वास्थ्यमा कठिनाई आइपछि मनमोहन अस्पतालमा आइसियुमा उपचार गराइरहेका थिए । स्व. लामाको सोमबार स्यवम्भूमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको टेनिस संघले जनाएको […]
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा दुई रजत पदक जितेकी छन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् । प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासंग ६–३ र ६–१ ले […]
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा जारी आईवा वोमन वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर पुनम रावल महिला ५७–६० केजी तौल समूहमा ग्रीसकी कानी मारिआलासँग पराजित भएकी छन् । पहिलो राउण्ड देखि नै आक्रमक रुपमा खेल्ने प्रयास गरेकी पुनमभन्दा अग्लो कद भएकी र टेक्निकल रुपमा अब्बल मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म नै अग्रता कायम गर्दैै युनानिमस डिसिजनको […]
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उमा (वल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिका समेत निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । सञ्जयले छाङ छ्वान र वेपन […]
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई […]
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी मिनु गुरुङ र चन्द्रकला थापा पराजित भएका छन् । फ्लाईवेट ५० देखि ५२ किलो तौल समुहमा नेपाली खेलाडी मिनु गुरुङ जापानकी रिन्का किनोसितासँग अंकको आधारमा पराजित भएकी हुन् । त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय […]
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्र्टर जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जयराज पुटुवारले छाङ छ्वान र […]
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर तथा १३औं सागका दोहोरो स्वर्णधारी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सिजनको सातौ प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार प्रो शुक्र बहादुर राई र भुवन नगरकोटीलाई सात स्ट्रोकले पराजित गर्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन् । […]
May 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिन सफल भएका छन्। पहिलो दिन एकल अग्रता बनाएका सुवासलाई दोस्रो दिन प्रो भुवन नगरकोटीले चुनौती दिदा संयुक्त रुपमा अग्रस्थानमै रहेका थिए । गोकर्ण गल्फ क्लबमा बुधबार सुवासले भुवन नगरकोटीमाथि […]
May 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेकी छिन् । ४६ देखि ४८ तौल समुहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिलट डिसिजनमा पराजित हुन पुगेकी हुन् । सुष्माले शानदार रुपमा आत्मविश्वासका साथ फाईट खेलेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकिनन् । सुष्मालाई आफ्नो […]