default_image

अन्य

December 20, 2024

हिमालयन चेस एकेडेमीले कौशलटारमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नस (रिडर्स हव) सँग सम्झौता गरेको छ । गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो । […]

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

December 14, 2024

सिन्दारा र पूजाले एसियन एमेच्योर चेस खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ‌। युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]

December 14, 2024

भारतको क्यालिकट हिरोजलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]

December 14, 2024

उपाधिका लागि हेल्प नेपाल र क्यालिकट भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र भारतको क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणको प्रदर्शनको आधारमा हेल्प नेपाललाई बलियो मान्न सकिन्छ। उसले लिग चरणमा क्यालिकटलाई हराइसकेको छ। हिजो भएको सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको इरान यु १८ लाई हराउँदै क्यालिकटले टोली कमजोर […]

December 13, 2024

रेकर्ड स्कोर सहित एमेच्योर सदभावलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले ‌समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

Success

Thank you for your time.