January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक भएको छ । वर्ष युवा खेलाडीको मनोनयनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङसँगै तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्वु मनोनयमा परेका छन् । यि पाँच जनामध्येबाट एक जना विजेता हुनेछ […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो । सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे […]
January 10, 2021
बिर्तामाड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन मा हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्ड फागुन २८ गते आयोजना गर्ने जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला खेलकुद विकास समिति भक्तपुरले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका कराँतेका मन्डेकाजी श्रेष्ठलाई जिताउन आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष श्रीभक्त कासिछवाको संयोजकत्वमा संकलित २ लाख रुपैया आइतबार मन्डेकाीलाई हस्तान्तरण गरिएको हो । श्रीभक्त कासिछवा, किरण थापा, बिज्ञान राई, रोमन सिलाकार, पुर्ण लिम्बु, यादव राई, […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद)– धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन् । बंगलादेशमा आइताबर भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए । पुष्पा १३ […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि शनिबार पोखरामा एपिएफ र होंगान्जी न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो । पोरखा रंगशाला परिसरको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा एपिएफ ३–२ ले विजयी भएको थियो । एपिएफ २५–२२,२५–१९,२६–२४,२७–२५, १५–९ ले […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षकका लागि पाँचा जनाको मनोनयन सार्वजनिक गरिसकेको छ । वर्ष उत्कृष्ट प्रशिक्षककको मनोनयनमा उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् । यि पाँच मध्येबाट अवार्डको दिन एक जना विजेता […]
January 9, 2021
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन्। नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा शनिबार राखेप सदस्य सचिव सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको जनाउँदै भने, ‘खेलकुद […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा अर्को साता सुरु हुने १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याकिङ ब्याडमिन्टन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगिता पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदैछ । प्रतियोगितालाई […]
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुरेश भुजेल र अनिशा गुरुङ क्रस दुवाथलन सिरिजमा विजयी भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको प्रतिस्पर्धामा ३५ मिनेट ४० सेकेण्ड समयका साथ विजयी भएका थिए । त्यस्तै अनिशाले ४३ मिनेट ५४ सेकेण्डसाथ पहिलो स्थान प्राप्त गरेकी थिइन् […]