default_image

अन्य

January 3, 2021

प्रशिक्षक भट्टराई विश्वकै उत्कृष्ट १०० मा पर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – विश्व गल्फ टिचर महासंघ (डब्लुजीटिएफ) ले नेपालका व्यावसायिक गल्फर सचिन भट्टराईलाई सन् २०२०-२१ को शीर्ष १ सय गल्फ प्रशिक्षक सुचिमा सामेल गरेको छ । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई लामो समयदेखि रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प संचालन गर्दै आइरहेका छन् । भट्टराईकै प्रशिक्षणमा प्रतिमा […]

January 2, 2021

अनलाइन पुम्सेमा जित उत्कृष्ट, पुलिस अनुशासित टोली

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कमल श्रेष्ठ र जितबहादुर बोटले दास्रो आइओएफटिसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा सन् २०२० डिसेम्बर १० देखि २५ सम्म भएको च्याम्पियनसिपमा कमलले यू ४० र जितले यू ३० मा स्वर्ण पदक जितेका हुन् । कमल गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण […]

January 2, 2021

मन्देकाजीलाई जिताउन लगनखेल डोजोको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइसको मनोनयनमा परेका करातेका मन्देकाजी श्रेष्ठलाई जिताउन ललितपुरको लगनखेलमा रहेको लगनखेल डोजोले सहयोग गरेको छ । डोजोले खेलाडी, प्रशिक्षक र समर्थकबाट उठेको रकम शनिबार एक कार्यक्रमका बीच मन्देकाजीलाई हस्तान्तरण गरे । मनोनयनमा परेका खेलाडीहरुले आफुलाई भोट गरेर जिताउनका […]

January 1, 2021

क्षेत्रीलाई दक्षिण कोरियाली मन्त्रालयको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दोर्की राजु क्षेत्रीलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको छ । अपराध रोकथाम र स्थानीय समूहदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । न्याय मन्त्रालयबाट सम्मानित हुने क्षेत्री पहिलो नेपाली भएको बताइएको छ । मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर […]

January 1, 2021

काठमाडौं ब्याडमिन्टन एकेडेमीको औपचारिक सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) स्थापना भएको छ । सन् २०२१ को पहिलो दिन शुक्रबार आयोजित कार्यक्रममा केबिए स्थापनाको घोषणा गरिएको हो । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहेकी रीता अधिकारी विष्टको अध्यक्षतामा केबिए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । त्यस्तै २०३७, […]

January 1, 2021

धुलिखेलमा मोटरल्यान्ड सर्किटको औपचारिक सुरुवात

काभ्रे (हाम्रो खेलकुद)– अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोडमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकको बिहीबारको औपचारिक उद्घाटन भएको छ । सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्रयाक निर्माण गरिएको छ । अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ मिटरको […]

December 30, 2020

प्रदेश सदस्य सचिव नियुक्ति विवाद – कारण देखाउ आदेश जारी

सुर्खेत (हाम्रो खेलकुद) – उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गरेको छ। सदस्य सचिवको नियुक्ति कानुन सम्मत नभएको दाबी गर्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा […]

December 30, 2020

पलिस्था मुवाँथाईको बर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट यसवर्ष पलिस्था कक्षपतीलाई सम्मानित भएकी छन् । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे । […]

December 30, 2020

सुमन ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रालि ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे । त्यसवापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने छ । दुवैबीच […]

December 29, 2020

राखेप र कृषि बिकास बैंकबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र कृषि बिकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे । १० बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धी ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई […]

Success

Thank you for your time.