October 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सिता राईको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । ट्रमा सेन्टरमा डक्टर सरोज राईसहितको टोलीले बिहीबार उनको घुँडाको शल्यक्रिया गरेको हो । असोज ८ गते प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । […]
October 16, 2020
प्रकाश तिमल्सिना,काठमाडौं ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए । एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । […]
October 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै स्वर्ण हात […]
October 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन तीन स्वर्ण जितेको छ । कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ […]
October 11, 2020
एजेन्सी – दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी […]
October 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ कार्तिक चौथो साता आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप २२ र २३ कार्तिकमा हुने भएको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । […]
October 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पोखराको सहारा क्लबको शाखा सहारा यूकेका पूर्व अध्यक्ष एवंम समाजसेवदी दीलिपकुमार गुरुङ बेलायतमा मेम्बर अर्डर अफ द ब्रिटिस एम्पायर (एमबिई) अवार्डबाट सम्मानित भएका छन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान र्पुयाएबापत पूर्वगोर्खा सैनिक समेत रहेका गुरुङ सम्मानित हुने सूचीमा समावेश गरिएका थिए । गुरुङले बेलायती सेनामा २० […]
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता करातेकी सुनिता महर्जनलाई पुत्र लाभ भएको छ । थापाथलीस्थित प्रसुती गृहमा शुक्रबार दिउँसो १ः२० बजे छोरालाई जन्म दिएकी थिइन् । काठमाडौं बाफलका सुनिता र सुहिल महर्जनको जोडीको यो पहिलो सन्तान हो । उनीहरुको २०७३ सालमा विवाह भएको थियो । बच्चाको अवस्था सामान्य […]
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पत्र काटेरै खेलकुद गतिविधि केही नगर्न […]
October 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अस्वस्थ्य रहेको पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँको चेक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरे । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनायता प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका […]