default_image

अन्य

November 7, 2020

लाखे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य पुरेन्द्रविक्रम लाखे शनिबार सम्मानित भएका छन् । डोजोका पूर्व सल्लाहकार लाखेलाई राखेपको सदस्य पदमा नियुक्त भएकोमा सम्मान गरिएको हो ।ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठ, डोजोका संस्थापक मुख्य प्रशिक्षक एवं संरक्षक मिनकृष्ण महर्जन, डोजोका अध्यक्ष समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका […]

November 7, 2020

थाइल्यान्डका पाकानोनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् । उनले भारतका देवासिस दासलाई पछि पारे । यस स्पर्धामा मलेसियाका बालाजी तेक्वान्दो स्कुल र मकाउका वाई हाङ चानले कांस्यमा चित्त बुझाए । यसैगरी छात्र १० […]

November 6, 2020

खड्कालाई मुवाथाइको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् । संघको संस्थापक उपाध्यक्षसमेत रहेका खड्का नेपालको पुरानो पार्टीको केन्द्रीय खेलकुद विभागमा मनोनित हुनु संघका लागि गर्वको विषय […]

November 6, 2020

भर्चुअल तेक्वान्दोमा चार विदेशी निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – शनिबार र आइतबार हुने ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा चार विदेशी निर्णायकसहित नेपाली निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन् । नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीहरु अस्ट्रेलियाका ¥यान राजेन्द्र, म्यानमारका […]

November 6, 2020

रोहित र उज्वलको जोडी च्याम्पियन

कपिलवस्तु (हाम्रो खेलकुद) – तौलिहवाका रोहित बराल र उज्वल श्रेष्ठको जोडी प्रथम जिल्लास्तरीय खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अजय कुमार चौधरी र अनुज यादवको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै रोहित र उज्वलको जोडी च्याम्पियन बन्न सफल भएका हुन् । रोहित […]

November 5, 2020

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिएका छन् । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । […]

November 4, 2020

ह्याण्डबल खेलाडीलाई नगद र राहत

पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने भएको छ । संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि लामो योगदान दिनेहरुलाई ह्याण्डबल संघले नगद सहितको राहत उपलव्ध गराउने निर्णय गरेको […]

November 4, 2020

सुवासलाई सम्मान गरिने

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए […]

November 2, 2020

अन्तर्राष्ट्रिय भर्चुअल करातेमा नेपाललाई ३५ पदक

काठमाडौं (हाम्रो खेलकुद) – सातौ नाशिमुरा कप अनलाइन कराते च्याम्पियनसिपमा नेपालले नेपालले ३५ पदक हात पारेको छ । नेपालले १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जित्ने सफल भएको हो । अक्टोबर ३०, ३१ र नोभेम्बर १ मा कराते फिलिपिन्स लिगले आयोजना गरेको प्रतियोगितामा नेपालले कुल ३५ पदक जित्न सफल भएको प्रशिक्षक तथा अन्तर्राष्ट्रिय […]

November 2, 2020

युएईमा दसैं–तिहार कप ब्याडमिन्टन आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – हामी नेपाली समाज युएई र नेपाली ब्याडमिन्टन समुदाय युएईको संयुक्त आयोजनामा दुवईमा पहिलोपटक दसैं–तिहार कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले आइतबार राति खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा ६ महिला र ४६ पुरुष खेलाडी गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

Success

Thank you for your time.