default_image

अन्य

November 1, 2020

प्रोत्साहन भत्ता नपाएपछि खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद)– नयाँ आर्थिक वर्ष सुरु भएको साढे तीन महिना बितिसक्दा पनि दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता , एसियाली खेलकुदका पदक विजेता र ओलम्पियनले प्रोत्साहन भत्ता पाएका छैनन् । पछिल्लो वर्ष सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत बैंक खाता मार्फत भुक्तानी गरिन्थ्यो । भत्ता रोकिएको विषयमा जानकारी गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]

October 25, 2020

युथ स्टार हिमालीबास निलोलाई फुटसल उपाधि

रौतहट (हाम्रो खेलुकद)– श्री हिमालीबास फुटसल युवा क्लबले आयोजना गरेको प्रथम गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर ( ११ स्थित मैदानमा भएको फाइनलमा हिमालीबास फुटसल युवा क्लब रातोलाईलाई ३–२ ले पराजित गर्दै युथ स्टार हिमालीबास निलोले उपाधि जितेको हो। विजेता टोलीका लागि दिवस श्रेष्ठले २ […]

October 22, 2020

दीपक र राजेन्द्र विश्व ओलम्पियन संघको निर्वाचनमा सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियन खेलाडी दीपक विष्ट र राजेन्द्र भण्डारीले विश्व ओलम्पियन खेलाडीको संघको निर्वाचनमा सहभागिता जनाएका छन् । पहिलो पटक भएको संघको निर्वाचनमा फ्रान्सका जोएल कोउजोउ अध्यक्षमा निर्वाचित भए । उनी यसअघि पनि अध्यक्ष नै थिए । महासचिवमा पेरुका एन्थोनी लेडगार्ड तथा बर्मुडाका प्याट्रिक सिंगेल्टन कोषाध्यक्षमा निर्वाचित भएको विष्टले जानकारी दिएका छन् […]

October 22, 2020

मानबहादुर र दुर्गालाई गृह जिल्ला भलिबलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र दुर्गा महतो गृह जिल्लामा सम्मानित भएका छन् । नवलपुर जिल्ला भलिबल संघले बुधबार मानबहादुर र दुर्गालाई नगद सहित सम्मान गरेको हो । राष्ट्रिय भलिबल टोलीमा रहि देशको भलिबल विकासमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गरिएको हो । समान ५ हजार ५ सय रुपैयाँसहित नवलपुर जिल्ला भलिबल संघका अध्यक्ष […]

October 21, 2020

‘कोपनगेहन ग्रीन ब्याडमिन्टन क्लब’ को अध्यक्षमा जोशी

काठमाडौं (हाम्रो खेलकुद) – तारणी प्रसाद जोशीको अध्यक्षतामा डेनमार्कमा रहने नेपाली ब्याडमिन्टन खेलाडीहरुको क्लब ‘कोपनगेहन ग्रीन ब्याडमिन्टन क्लब’ को नयाँ कार्यसमिति चयन भएको छ । क्लबको साधारण सभाले तारणी प्रसाद जोशीलाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश ढकाल, कोषाधक्षमा रमेश घिमिरे, व्यवस्थापकमा मुक्तिराम चापागाईं, टेक्निकल तथा अफिसियल प्रशिक्षकमा ओम बिक्रम राना […]

October 20, 2020

‘खेलाडीको पीडा बुझेको छु’– राखेप सदस्य खड्का

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा खड्काले आफु विशुद्ध खेलबाटै आएकाले खेलाडीको पीडा बुझेका बताएका […]

October 19, 2020

राखेपका नयाँ ११ सदस्यले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ११ बोर्ड सदस्यले सोमबार शपथ ग्रहण लिएका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले त्रिपुरेश्वरस्थित राखेपमा बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्रीपरिषद्को असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद […]

October 18, 2020

एनटीएलाई ४ स्वर्ण र ३ रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान […]

October 18, 2020

ब्याडमिन्टन खेलाडी सितालाई कोषबाट १ लाख २५ हजार उपचार सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सिता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सितालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ […]

October 17, 2020

दीपक र आयशाले खोले केल्मीको आउटलेट

काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक ब्रान्ड केल्मीको नेपालमा दशौं आउटलेट उग्रतारा स्पोर्टस हबले औपचारिक रुपमा शनिबार विक्री सुरु गरेको छ । विभिन्न खेलका राष्ट्रिय खेलाडीले ललितपुरको जावलाखेलमा रहेको उग्रताराको संयुक्त रुपमा उद्घाटन गरे । १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य, मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष […]

Success

Thank you for your time.