January 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्प्यिनसिप सुरु हुनुअघि नै हेल्प नेपाल स्पोर्टस क्लब र बुद्ध टोल भलिबल क्लब पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् । नेपाल भलिबल संघको आयोजनामा शुक्रबार सुरु हुने च्याम्पियनसिपको लागि बिहीबार भएको खेल तालिका टेक्निकल मिटिङमा पुरुषतर्फको समूह डीमा हेल्प नेपाल र बुद्ध टोलमात्र रहेकोले दुवै टोली […]
January 15, 2020
प्रकाश तिमल्सिना, काठमाडौं भलिबलमा राम्रो सम्भावना देखिएकी निरुता ठगुन्नाको खेल जीवनले नयाँ मोड लिएको छ । दुई वर्ष त्रिभुवन आर्मी क्लबबाट भलिबल खेलकी उनले यसै साता उनले नेपाल एपिएफको भलिबल टोलीबाट डेब्यू गरिन् । पहिलो प्रतियोगितामा नै उनी प्लेइङ सेटमा पर्न सफल भइन् । घरेलु भलिबलमा एकछत्र राज गर्दै आएको एपिएफले यो साताको सुरुमा होगांन्जी […]
January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ […]
January 12, 2020
सिन्धुपाल्चोक (हाम्रो खेलकुद )– सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा ६ जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका हुन् । आइतबार भएका पहिलो लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ ले तथा धादिङले दोलखालाई २५–१९ र २५–१७ ले पराजित […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबलाई होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइकी छिन् । आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबलाई आइतबार भएको फाइनलमा ३–० ले हराउँदा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् । सेमिफाइनल, फाइनलमा समेत वमन […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो । […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच खेल हुँदैछ । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा दिउसो १ः३० बजेपछि शुरु हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेको छ । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन […]