5 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र २१–१५ ले हराएका थिए ।
जुनियरतर्फको विश्व वरियतामा भने प्रिन्स १४ औं र भारतीय खेलाडी मिरबा तेस्रो स्थानमा रहेका छन् । शुक्रबार भारताक अभिन वशिष्ठलाई पराजित गर्दै प्रिन्सले अन्तिम दुईको यात्रा तय गरेका थिए । उनले वशिष्ठलाई २१–१८,२०–२२,२१–१७ ले हराएका थिए ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]