default_image

अन्य

December 15, 2018

थाइल्यान्डमा महेश्वरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।

December 15, 2018

पर्शुराम र प्रज्ज्वललाई युरो किड्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स गोंगबुले राष्ट्रिय कराते खेलाडी पर्शुराम बास्तोला र पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीलाई सम्मान गरेको छ । युरो किड्सले वार्षिक खेलकुद दिवसका अवसर पारेर शनिबार सम्मानित गरेको हो । बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् । […]

December 15, 2018

सागका लागि १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ । भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेल प्याराग्लाइडिङका खेलाडीसहित अन्य खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको बताएको छ । एसियाडमा नेपालले […]

December 14, 2018

पोखरामा क्लब लिग भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा आइतबारबाट सुरु हुने चौथो संस्करणको राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल भलिबल संघको समन्वयमा पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका बरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले जानकारी गराए । प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पियनसिपमा […]

December 13, 2018

नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौं(हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भयो । महिला डबल्समा नेपालका नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ […]

December 13, 2018

आयोजक सेन्ट जेभियर्स र एलए फेरि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स, गोदावरी र लिटिल एन्जल्स (एलए) २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छन् । गत वर्ष पनि यी दुई टोलीलाई फाइनलमा भिडेका थिए । जसमा एलएले बाजी मारेको थियो । आयोजक विद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल जित्दै सेन्ट जेभियर्स र एललेले एकअर्कासँगको भेट […]

December 13, 2018

तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– बोसीगाँउ स्पोर्टस क्लबको आयोजनामा अर्को महिना तीन देशका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । पुस २५ र २६ गते इन्द्रमाया महर्जन स्मृति बक्सिङ प्रतियोगिता ओजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०७२ को विनाशकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष एंवम् […]

December 12, 2018

रत्नजित र दीपेशको जोडी अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएको छ । रत्नजित र दीपेशको जोडीले आयोजक बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२–२० र २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । आजै भएको मिश्रित […]

December 11, 2018

लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जस स्कुल (एलए) हात्तीवन र मोर्डन इन्डियन स्कुल चोभार २३औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार आयोजक सेन्ट जेभियर स्कुल र झापाको मोरान मेमोरियल स्कुलले अन्तिम चारको यात्रा तय गरेको थियो । गोदावारीस्थित जेभियरको मैदानमा मंगलबार भएको […]

December 11, 2018

रत्नजित बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बंगलादेशमा आजबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज–२०१८ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।   मगंगलबार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नजितले भारतीय खेलाडीमाथि पहिलो सेटमा २१–११ […]

Success

Thank you for your time.