May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबल भएको एक वर्ष पुगेको अवसरमा भलिबल दिवस मनाउन नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा प्रथम चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ५ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ […]
May 16, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने यस वर्षको म्याराथन जेठ १५ (मे २९) मा हुने भएको हो । यसपालीको म्याराथनमा ३० देशका करिब २ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिबिरबाट शुरु […]
May 16, 2018
लिवाङ (हाम्रो खेलकुद) – प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् । रोल्पाको सदरमुकाम लिवाङमा बुधबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । महिलातर्फको फाइनलमा एपिएफले पुलिसलाई ३–० सोझो सेटमा पराजित गरेको छ । पुरुष फाइनलमा […]
May 15, 2018
पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]
May 13, 2018
May 12, 2018
लिवाङ (हाम्रो खेलकुद)– प्रदेश ५ र १ सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको क्वाटरफाइनलमा पुगेका छन् । रोल्पाको लिवाङ सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा हराउदै समूह ‘ख’ बाट विजेताको हैसियतमा अन्तिम आठमा पुगेको हो । हारका वावुजद प्रदेश नम्बर १ […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) –आउट रिच नेपालले नेपाल आईस आन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फिल्ड फुटसल सानेपामा भएको फाइनलमा आउटरिचले मिडिया बास्केटलाई ७–२ को भारी अन्तरले पराजित गर्दै पहिलो संस्करणको आन फुटसल प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै आउटरिचले ७५ हजारसहित शिल्ड र मेडल प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको मिडिया बास्केटले ५० हजारमा […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पुरुषमा तथा सानुमाया कार्कीले महिलामा पाँचौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमास्वर्ण जितेका छन् । आठ किलोमिटर दूरी गजेन्द्रले २५ मिनेट १२ सेकेन्डमा पूरा गरे । कल्याण बानियाँ दोश्रो र टीकाराज कट्वाल तेश्रो भए । महिलातर्फ सानुमायाले २७ मिनेट ०८ सेकेन्ड समय खर्चिन् । […]