May 12, 2018
अर्जुन कार्की बागलुङ – गत बर्ष बागलुङ खेलकुदमा चलायमान रह्यो । साना ठूला प्रतियोगिता आयोजना बर्षभर भए । मुख्यत भलिबल, फुटबल र क्रिकेटका ठूला प्रतियोगिताले जिल्लामा खेलप्रतिको आकर्षण पनि बढ्यो । बागलुङ उद्योग वाणिज्य संघले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, बागलुङ नगरपालिकाले माघमा प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता तथा बागलुङ क्रिकेट क्लवको […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को स्वर्गीय छोरा प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाह दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । प्रकाश दाहालको गत मंसिरमा हृदयघातका कारण निधन भएको थियो । आयोजक अखिल नेपाल खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलनबाट प्रतियोगिता असार ३ देखि ५ गतेसम्म हुने […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको आरआरवी–एनभिए महिला क्लब लिग भलिबल जेठ चौथो सातादेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलनका आयोजना गर्दै प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने जानकारी गराएको हो । प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय […]
May 11, 2018
झापा (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नङ्शलदेवी तामाङ झापाकी जेशिका गुरुङसँग पराजित हुदै सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाएनलबाटै बाहिरिएकी छिन् । नेपाल नम्वर एक महिला खेलाडीसमेत रहेका नङ्सल जेसिकासँग १४–२१, २१–१५ र २१–१६ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । जेसिका महिला यु–१९ को पनि फाइनलमा पुग्न सफल भएकी छिन् । खेलकुद महासंघ, […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा रोल्पामा सर्वाधिक पुरस्कार राशीको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक राखेपले बिहिबार पत्रकार सम्मलेनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको सदरमुकाम लिवाङमा बैशाख २९ गतेबाट जेठ २ गतेसम्म हुने जानकारी गराएको हो । […]
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस […]
May 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बंगलादेशमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा चार वटा पदक जितेको छ । बंगलादेशको ढाकामा भएको आर्चरी च्याम्पियनसिपमा बुधबार नेपालले १ रजत र ३ कास्य गरी ४ पदक जितेको हो । बुधबार टिम रिकर्भमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली पुरुष टोली आयोजक बंगलादेशको टिमसँग पराजित हुदै […]
May 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आठौं संस्करणको ‘कान्तिपुर रनर हाफ म्याराथन’ जेठ पहिलो साता हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स प्रालिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ ५ गते हाफ म्याराथन आयोजना गर्ने जानकारी दिएको छ । यसअघि पब्लिकेसन्सकै वार्षिकोत्सवको अवसरमा आयोजना गरिने म्याराथन यसपटक भने जेठमा गर्न लागिएको पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले बताए […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष टोली बंगलादेशमा जारी दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिप अन्र्तगतको टिम रिकर्भको फाइनलमा पुगेको छ । च्याम्पियनसिप अन्र्तगत मंगलबार भएको सेमिफाइनलमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली टोली साउदी अरबको टोलीलाई सुटआउटमा २७–२५ ले पराजित गर्दै अन्तिम दुईमा पुगेको थियो । निर्धारित समय दुवै टिमले ४–४ को […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले […]