default_image

अन्य

September 1, 2024

सिड्नी भलिबल लिगमा विशाल सम्मिलित टोली दोस्रो

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]

August 31, 2024

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]

August 31, 2024

पलेशालाई ऐतिहासिक कास्य पदक, नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक

काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]

August 30, 2024

पलेशा कास्यको लागि एक जित टाढा, रिपाचेजको पहिलो खेलमा विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्। यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी […]

August 30, 2024

नेपाली क्रिकेट टोलीले श्रीलंकामा अन्तिम तयारी गर्ने

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र […]

August 30, 2024

मञ्च र प्लाजा होटल्स ग्रुपबीच सह–प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज शुक्रवार प्लाजा होटल्स गु्रपसँग सहप्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, […]

August 30, 2024

पलेशा पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्। सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्। यसपछि ५६ सेकेन्ड बाकी […]

August 30, 2024

चन्द एभिसीको बोर्ड अफ एडमिनिस्ट्रेसन निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द एसियाली भलिबल कन्फेडेरेसन (एभिसी) को बोर्ड अफ एडमिनिस्ट्रेसनमा निर्वाचत‌ भएका छन्। थाइल्याण्डमा शुक्रवार भएको एभिसीको २५ औं साधारणसभामा भएको निर्वाचनबाट चन्द निर्वाचत‌ भएको उनीसँगै रहेका संघका उपाध्यक्ष हरकसिंह धामिले जानकारी दिए। सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) उपाध्यक्ष समेत रहेका चन्दले १४ सदस्य राष्ट्रका प्रतिनिधिले भाग लिएको […]

August 30, 2024

पलेशा पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धनले क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पलेशाले ३१-० को फराकिलो अन्तरमा पराजित गरिन्। विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछिन्। यो खेल अहिले ४ बजे […]

August 29, 2024

नेपालले वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप र थाई किङ्स कपमा भाग लिने भएको छ। थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म दुई च्याम्पियनसिपको‌ आयोजना हुने बताइएको छ। टोली शुक्रवार त्यसतर्फ जाने नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगले जानकारी दिए। रोशन तामाङको‌ कप्तानीमा टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन […]

Success

Thank you for your time.