default_image

अन्य

February 7, 2017

अल्ट्रा धाविका मिरा आज अमेरिका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि आज मंगलबार अमेरिका प्रस्थान गरेकी छिन  नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ लागेकी हुन् । ट्रेल रन नेपालका प्रमुख रिचार्ड बुलले त्रिभुवन विमानस्थलमा विदाई गरे […]

February 4, 2017

फुन्सोकले जिते लुम्बिनी इन्सुरेन्स गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फुन्सोक निमा लामाले लुम्बिनी इन्सुरेन्स आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुईदिने प्रतियोगितामा फुन्सोकले ४२ अंक बनाएका थिए । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका पवित्रकुमार कार्की दोस्रो भए । बेस्ट ग्रोसको उपाधि निश्चयजंग रायमाझीले हात […]

February 3, 2017

शाहीलाई खेलकुद पत्रकार मञ्चको आार्थिक सहयोग

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले कार्यसमिति सदस्य नारायण शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गरेको छ । मञ्चको शुक्रबार बसेको बैठकले स्वास्थ्योपचार गरिरहेका शाहीलाई सो रकम प्रदान गरेको हो । मञ्चका सल्लाहकार समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मञ्चका अध्यक्ष केशव पाठकले सो रकम बराबरको […]

February 2, 2017

एपिएफमा समरक्षकभूषण र मायांका पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– नवौं सहवीर स्मृति खुला लनटेनिसका विजेतालाई बिहीबार समापनका क्रममा पुरस्कृत गरिएको छ । पुरुष एकलमा समरक्षकभूषण बज्राचार्य र महिला एकलमा मायांका राणा विजयी भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै अफिसियल तथा व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । दुवै विजेताले समान ६० हजार […]

February 2, 2017

लुम्बिनी जनरल इन्सुरेन्स गल्फ माघ २१ र २२मा

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी इन्सुरेन्सको मुख्य प्रायोजनमा लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ प्रतियोगिता माघ २१ र २२मा  हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ । […]

nsjf-kaski

January 30, 2017

कास्की खेलकुद पत्रकार मञ्चलाई ५० हजार

पोखरा (हाम्रो खेलकुद ) –  नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीलाई गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्क्षेत्र गुरुङ्गले ५० हजार नगद प्रदान गरेका छन । गुरुङ्गले उक्त रकम मंचले २०७४ बैशाखमा आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि प्रदान गरेका हुन । सहारा युकेले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले उक्त रकमको चेक मञ्चका अध्यक्ष केशव पाठक […]

January 25, 2017

दोश्रो दिनमा बसन्त र दल शिर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्। पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ […]

January 24, 2017

स्कुल गल्फमा बसन्तराजको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ […]

January 19, 2017

सुबिसु कर्पोरेट गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – सुबिसु केबलनेट प्राईभेट लिमिटेडको मुख्य प्रायोजनमा सुबिसु कर्पाेरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ ।प्रतियोगितामा विभिन्न बैंक, […]

January 13, 2017

सूर्य नेपाल च्यालेन्ज शिवरामको ३२ औं गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले १० स्ट्रोकको अग्रताका साथ सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ मा अन्तिम दिन शुक्रबार शिवरामले ४ अन्डर ६४ को प्रदर्शन गरे । समग्रमा ८ अन्डर २ सय ६४ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुर […]

Success

Thank you for your time.