default_image

अन्य

February 23, 2017

तेन्जिङलाई पछि पार्दै शिवरामले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यवासायिक गल्फर शिवराम श्रेष्ठले लगातार चौथो उपाधि जितेका छन् । ४ अन्डर २ सय ८४ को प्रदर्शन गर्दै शिवरामले बिहीबार सूर्य नेपाल सेन्ट्रेल ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल गल्फ टुर २०१६÷१७ अन्तर्गत आयोजित लगातार चौथो उपाधि नै शिवरामले जितेका हुन् । उनले यसअघि सूर्य नेपाल वेस्टर्न, च्यालेन्ज र […]

February 22, 2017

तेन्जिङ शिर्षस्थानमा कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत तेश्रो दिनपनि एमेच्योर गल्फर तेन्जिङ छिरिङ आफ्नो उत्कृष्ट प्रदर्शनलाइ जारी राख्दै शिर्षस्थानमा आफ्नो पकड बलियो बनाएका छन्। पार-७२को गोकर्ण गल्फ क्लबमा तेश्रो दिनको खेलमा तेन्जिङले २ अन्डर ७०को स्कोर बनाउदै समग्रमा आठ स्ट्रोकको अग्रता बनाए। सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत भईरहेको यस प्रतियोगितामा […]

February 21, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा तेन्जिङको अग्रता निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ छिरिङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन पनि आफ्नो अग्रतालाई कायम राखेका छन् । तेन्जिङले दोस्रो दिन मंगलबारको खेल समाप्त हुँदा ६ स्ट्रोक्सको अग्रता बनाएका छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका तेन्जिङले दोस्रो दिन २ अन्डर ७० को प्रदर्शन गरे । सूर्य नेपाल गल्फ टुर २०१६/०१७ अन्तर्गतको चौथो प्रतियोगितामा दुई […]

February 20, 2017

पहिलो दिनमा एमेच्योर तेन्जिङको अग्रता

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत सोमबारबाट पार-७२ गोकर्ण गल्फ क्लबमा  सुरु भएको सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एमेच्योर गल्फर तेन्जिङ छिरिङले अग्रता लिएका छन्। राष्ट्रिय गल्फ टोलीका सदस्य रहेका तेन्जिङले ६अन्डर ६६ को स्कोर बनाउदै तालिकाको शिर्ष स्थानमा रहन सफल भएका हुन्। तेन्जिङले दुवै हाफमा ३ अन्डर […]

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 17, 2017

न्यौपानेलाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार

बुटवल (हाम्रो खेलकुद) – रुपन्देहीका युवा पत्रकार दिपक न्यौपाने उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । दिप माविले आफ्नो ३५ औं बार्षिक उत्सवका अवसरमा न्यौपानेले उक्त पुरस्कारबाट सम्मान गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, विद्यालयका प्राचार्य टिकाराम न्यौपाने र राष्ट्रिय परिक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख सुरेन्द्रराज पराजुली लगायतले उनलाई संयुक्त […]

February 10, 2017

आयोजक पायोनियर अन्तर स्कुल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो । स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक […]

February 10, 2017

कीर्तिमानसहित शिवरामलाई सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि , खेल जीवनमा ३३ औं सफलता  

पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् । अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा […]

February 9, 2017

सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका […]

February 8, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा रविको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् । नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता […]

Success

Thank you for your time.