default_image

popular

March 15, 2018

रत्नजित र नवीनको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष युगलतर्फ च्याम्पियन बनेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालयमा बिहिबार भएको फाइनलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीलाई २–१ को सेटमा […]

TSC vs MMC

March 15, 2018

थ्री स्टार २-१ मनाङ [हाइलाइट्स]

बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलको हाइलाइट्स हेर्नुहोस :

Three Star

March 15, 2018

रुस्लान थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा, मनाङ फेरि पराजित

दिपक न्यौपाने बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर : मनोज थापा यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको […]

Dipendra Singh Airee

March 15, 2018

दिपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी, एक दिवसीय मान्यताको आशा बलियो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्‍यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ […]

Bimal Three Star

March 15, 2018

विमल फेरि थ्री स्टारबाट खेले

बुटवल (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्ति मगर पुन: नेपाली क्लब रुस्लन थ्री स्टारबाट खेल्दै छन् । यसअघि इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनल जितेका विमल त्यसयताको प्रतियोगिताहरुमा थ्री स्टारसँग थिएनन् । भारतको मोहन बगानसँग अनुबन्धित विमल त्यसयता थ्री स्टारबाट खेलेका थिएनन् । तर मोहन बगानसँगको सम्झौता आपसी समझदारीमा टुंगिएपछि नेपाल फर्किएका विमल […]

Sandeep Lamichhane

March 15, 2018

सन्दिप र दीपेन्द्रको उत्कृष्ट बलिङ, पिएनजी १ सय १४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह ‘बि’मा चौथो स्थानमा रहेको नेपाल समूह ‘ए’मा पाँचौं स्थानमा रहेको पपुवा न्यु गिनीको सामना गर्दै छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भयो । नेपालका लागि आज सन्दिप लामिछाने […]

ICC

March 15, 2018

टस जितेर नेपालले बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो ।  नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने […]

March 15, 2018

तिलोत्तमा गोल्डकपको सेमिफाइनल – थ्री स्टार र मनाङ भिड्दै

दिपक न्यौपाने बुटवल– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तीन साता नबित्दै अर्को नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्दैछन् । फागुन १७ गते चितवनमा १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनल खेलेका यी दुई टोली बिहीबार बुटवलमा २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भिड्दैछन् । […]

March 15, 2018

यी हुन् च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुग्न सफल ८ टोली

नियोम (एजेन्सी) – गए राति बार्सिलोनाले चेल्सीलाई ३-० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका छन् । यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै […]

March 15, 2018

मेस्सीको दुई गोल र कीर्तिमान, बार्सिलोना क्वाटरफाइनलमा

बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले चेल्सीलाई ३-० ले हराएको छ । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पनि पारेको छ । लियोनल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको हो । त्यस्तै बार्सिलोनाले खेलको २० औं मिनेटमा आफ्नो अग्रता दोब्बर पार्न […]

Success

Thank you for your time.