default_image

popular

August 5, 2018

रियलसँग युभेन्टस पराजित

 मेरिल्यान्ड (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो । च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको […]

August 4, 2018

पिएसजीलाई फ्रेन्च सुपरकप

सेन्जेन (एजेन्सी) – ब्राजिली स्टार नेयमारले पुनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको छ । चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा आज भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च सुपरकपको च्याम्पियन बनेको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले […]

default_image

August 4, 2018

भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डको सनसनीपूर्ण जित

बर्मिघम (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा सनसनीपूर्ण जित हासिल गरेको छ । एक दिनकोको खेल बाँकी रहँदै इंग्ल्यान्डले ३१ रनले आफ्नो पक्षमा पारेको हो । दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । ५ विकेटको नोक्सानीमा १ सय १० रनबाट दिनको खेल […]

August 4, 2018

नेपाली क्रिकेट टोली सोमबार स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- ऐतिहासिक ‘डेब्यु’ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली क्रिकेट टोली सोमबार नेपाल आइपुग्ने भएको छ । नेपाली टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने टिमका कप्तान पारस खड्काले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपाली टोली डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको […]

August 4, 2018

सन्दीप सिपिएलका लागि वेस्टइन्डिजतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) का लागि वेष्टइन्डिज प्रस्थान गरेका छन् । सन्दीप नेदरल्यान्डबाटै सिपिएलको लागि शनिबार वेस्टइन्डिजको एन्टिगुवा प्रस्थान गरेका हुन् । नेपाली टोली भने सोमबार काठमाडौं फर्कनेछ । क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुदैंछ । सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले […]

August 4, 2018

आर्सनलका रक्षक कोलासिनाक कम्तीमा ८ साता मैदान बाहिर

लन्डन (एजेन्सी) – आर्सनलका रक्षक सिड कोलासिनाकले चोटका कारण कम्तिमा आठ देखि १० हप्ता मैदान बाहिर रहनुपर्ने भएको छ । उनले प्रिमियर लिगका आठ खेल गुमाउन सक्ने अनुमान गरिएको छ । प्रिमियिर लिग टोली चेल्सीसँग बुधबार भएको इन्टरनेसल च्याम्पियन्स कप मैत्रीपूर्ण खेलका दौरान २५ वर्षे कोलासिनाकको बायाँ घुँडामा चोट लागेको थियो । बोसनिया हार्जगोभिनाकाका फुल […]

August 4, 2018

रोनाल्डोले रियललाई अन्फलो गरे

टुरिन (एजेन्सी)– सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली जाने निर्णय गरेका थिए । रोनाल्डो टुरिन पुगेयता थ्रुपै समाचार आइसकेका छन् । टोलीका अन्य खेलाडीसँगको रोनाल्डो […]

August 4, 2018

नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो ओलम्पिक (सन् २०२०) को लागि छनोट चरण खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले महिला टोलीको ओलम्पिक छनोट खेल्ने तालिका यसअघि रहेपनि गत बिहिबारको बैठकले ओलम्पिक छनोट खेल खेल्ने पक्का गरेको हाम्रो खेलकुदलाई जानकारी गराए । एन्फाले एक […]

August 4, 2018

गोलकिपर हार्ट सिटीबाट बर्नलीतिर

लन्डन (एजेन्सी) – इंग्ल्यान्ड तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोए हार्ट अर्को प्रिमियर लिग क्लब बर्नली जाने भएका छन् । बर्नलीले हार्टलाई ४ मिलियन पाउन्डमा अनुबन्ध गर्ने भएको बताइएको छ । हार्ट पछिल्लो दुई सिजन लोनमा टोरिनो र वेस्टह्यामबाट खेलेका थिए । बर्नलीमा अनुबन्ध भएसँगै हार्टले सिटीसँगको १२ वर्षे यात्रा टुंगिनेछ । दुई वर्ष […]

August 4, 2018

भिडालको यात्रा अब बार्सिलोनामा 

बार्सिलोना (एजेन्सी) – बायर्न म्युनिखका चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना जाने पक्का भएको छ । यद्दपी दुई क्लबबीच कतिमा सम्झौता भएको भन्ने खुलाइएको छैन । उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ । ३१ वर्षे भिडालले केहि दिनमा ला लिगा च्याम्पियन टोलीका लागि स्वास्थ्य परिक्षण गराउने बताइएको छ ।  उनी सन् २०१५ मा युभेन्ट्सबाट […]

Success

Thank you for your time.