default_image

popular

June 25, 2018

विश्व कपमा आज ४ खेल, पोर्चुगल र स्पेन अघि बढ्लान ?

मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ । २ खेलमा शत प्रतिशत नतिजा निकाल्दै […]

June 25, 2018

पोल्यान्डमाथि कोलम्बियाको जित, नकआउट चरण पुग्ने सम्भावना जीवित

काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो । कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि […]

June 25, 2018

पोल्यान्डविरुद्ध कोलम्बियाको अग्रता, मिनाको गोल

काजान (एजेन्सी)– विश्व कपको समूह एच अन्तर्गतको खेलमा पोल्यान्डविरुद्धको खेलको पहिलो हाफमा कोलम्बियाले अग्रता लिएको छ । पहिलो हाफको अन्त्य तिर गोल गर्दै कोलम्बियाले १–० ले अगाडि लागेको छ । ४० औं मिनेटमा यरि मिनाको गोलमा कोलम्यिाले अग्रता लिएको हो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए […]

June 24, 2018

पानामा विरुद्ध इंग्ल्यान्डको ६ गोल

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्डले पानामालाई ६-१ ले हराएको छ । इंग्ल्यान्डका लागि ह्यारि केन ह्याट्रिक गरे । डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै […]

June 24, 2018

हर्नान्डेजले एकै दिन बनाए तीन कीर्तिमान

रोस्टोभ अन डन (एजेन्सी) – मेक्सिकोका स्टार खेलाडी जेभियर हनान्डेज (चिचिरिटो) एकै दिन तीन कीर्तिमान बनाएका छन् । फिफा विश्वकप फुटबल अन्र्तगत समूह चरणको दक्षिण कोरियाविरुद्धको शनिबार दोस्रो खेलमा एक गोल गर्दै हर्नान्डेजले तीन नयाँ कीर्तिमान बनाएका हुन् ।   कोरियाविरुद्ध गोल गरेसँगै हर्नान्डेजले अन्तर्राष्ट्रिय गोल संख्या ५० पु¥याएका छन् । २००९ मा राष्ट्रिय टिममा […]

June 24, 2018

जितको खोजीमा कोलम्बिया र पोल्यान्ड

कजान (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत समूह ‘एच’ को खेलमा सहजै समूह चरण पार गर्ने अनुमान गरिएको कोलम्बिया र पोल्यान्ड आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा पराजित हुन पुग्यो । कोलम्विया जापानसँग तथा पोल्यान्ड सेनेगलसँग समान २–१ ले पराजित भएको थियो । यि दुवै टोली समूहको दोस्रो राउन्डमा आज कजानमा प्रतिस्पर्धा गर्दैछन् । खेल राति […]

June 24, 2018

सेनेगलसँग अंक नगुमाउने जापानको लक्ष्य

एक्तारिनवर्ग (एजेन्सी)– एसियाली राष्ट्र जापान रसिया विश्वकपको दोस्रो चरणको नजिक छ । समूह चरणको पहिलो खेलमा बलियो कोलम्बियामाथि सनसनीपूर्ण जित निकालेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको जापानले आज अफ्रिकी मुलुक सेनेगलको सामना गर्दै छ । खेल एक्तारिनवर्गको एरिनामा राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोलीले पहिलो खेलमा जित हात पारेका कारण सकभर अंक नगुमाउने […]

June 24, 2018

पानामासँग सचेत इङ्ल्यान्ड

निज्नी (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत आज समूह ‘जी’ दोस्रो चरणको खेलमा उपाधिको दावेदार इङ्ल्यान्डले विश्वकपको नवप्रवेशी पानामासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि निज्नी नोभोगोरोड स्टेडियममा हुनेछ । प्रतिभावान युवा खेलाडीहरुले भरिएको इङ्ल्यान्ड पानामाको चुनौती सहजै पार लगाउदै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । इङ्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह […]

June 24, 2018

यसकारण नेयमारको आँसु झर्यो

सेन्ट पिटर्सबर्ग (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमारले विश्व कपमा कोस्टा रिकाको खेलका दौरान आफु किन भावुक बनेको सार्वजनिक गरेका छन् । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ बराबरी खेलेपछि दबाबकाबीच ब्राजिल कोस्टा रिकाविरुद्ध उत्रेको थियो । जुन खेल ब्राजिलले २–० ले जित्दा नेयमारले दोस्रो गोलगरेका थिए । खेलभर नेयमारले खासै प्रभाव जमाउन सकेका थिएनन् । त्यसका बावजुद […]

ronaldo-and-messi

June 24, 2018

‘मेस्सी रोनाल्डो जस्ता लिडर होइनन्’- इमानुयल

पेरिस (एजेन्सी)– स्पेनिस क्लब बार्सिलोनाका पूर्वस्टार इमानुयल पेटिटले अर्जेन्टिनाका लियोनेल मेस्सीसँग पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको जस्तो कप्तानी गर्ने क्षमता नरहेको बताएका छन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना रसिया विश्वकपमा समूह चरण पार गर्नको लागि कठिन संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेल सकिदा १ अंक मात्र जोड्न सकेको अर्जेन्टिना समूहको पुछारमा छ । पछिल्लो खेलमा […]

Success

Thank you for your time.